पर्वत । निरन्तरको भारी वर्षासँगै आएको पहिरोले पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा एक घर पुर्दा दुई जना बेपत्ता भएका छन्।
स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया पत्नी विष्णुमती बिक पहिरोमा पुरिएर बेपत्ता भएको वडा सदस्य सन्तोष बिकले जानकारी दिए।
घटनाको बेलामा घरमै रहेका उनीहरू पहिरोमा पुरिए पनि, उनीहरूकी बुहारी ३२ वर्षीया पवित्रा बिक भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।
भारी वर्षाका कारण पहिरो गएको क्षेत्रतर्फ जाने सडक अबरुद्ध भएकाले सुरक्षाकर्मी घटनास्थलमा तत्काल पुग्न सकेका छैनन्। हाल स्थानीय बासिन्दाहरूले उद्धार कार्य जारी राखेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी टोली पठाइएको र उनीहरू पुगेपछि थप विवरण आउने जानकारी दिए।
सामान्य अवस्थामा मोदी गाउँपालिकाको केन्द्र पातिचौरबाट लाङ्दी पुग्न एकदेखि डेढ घण्टा लाग्ने भए पनि अहिले सडक अबरुद्ध भएकाले हिँडेरै पुग्नुपर्ने अवस्था छ। प्रहरी निरीक्षक सापकोटाका अनुसार हिँडेर पुग्दा कम्तीमा तीनदेखि चार घण्टा लाग्ने अनुमान गरिएको छ।
शनिबार रातिदेखि पर्वत लगायत आसपासका क्षेत्रमा लगातार भारी तथा अति भारी वर्षा भइरहेको छ। यसले गर्दा स्थानीय खोला तथा नदीहरूको बहाव पनि उच्च बनेको छ, जसले थप जोखिम निम्त्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: