Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

घुस लिएको दाबीसहितको अडियो प्रकरण- भूमिमन्त्री अधिकारीलाई नेतृत्वकै संरक्षण

खबरडबली संवाददाता

काठमाडौं । कास्की लिचीघारीको १३५ रोपनी जग्गा प्रकरणमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भइसकेको छ । यस विषयमा उनको चौतर्फी आलोचना हुँदा पनि नेतृत्वले भने संरक्षण गरिरहेको छ । स्थानीय पार्टी कमिटीहरूबाट उनको राजीनामाको माग आउँदै छ, तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली मौन छन् । कास्की एमालेको जिल्ला भेलाले मन्त्री अधिकारीको राजीनामा मागेको छ, तर केन्द्रमा दुई–दुई दिन बसेको सचिवालय र पोलिटब्युरो बैठकले यति गम्भीर विषयमा सामान्य छलफल पनि गरेन ।

एमाले कास्कीले ५, ६ र ७ साउनमा मनाउन लागेको पुष्पलाल स्मृति दिवसको तयारीका लागि शनिबार जिल्ला भेला राखेको थियो । उक्त भेलामा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री र केन्द्रीय सदस्यसमेत रहेका जिल्ला इन्चार्ज कृष्ण थापाले लिचीघारी जग्गा मामिलामा जोडिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्ने र पार्टीले छानबिन गरी कारबाही गर्नुपर्ने एजेन्डा उठाए ।

उनीहरूले उक्त एजेन्डा भेलामा राख्नेबित्तिकै हलमा उपस्थित सबै नेता–कार्यकर्ताले ताली बजाएर पारित गरेका थिए । निर्णयलाई माथिल्लो कमिटी (प्रदेश कमिटी)मा पठाउने निष्कर्ष भेलाले निकालेको इन्चार्ज थापाले बताए ।

‘भष्टाचारमा संलग्न भएको आरोपमा केही दिनअघि एउटा मन्त्री (सामान्य प्रशानमन्त्री राजकुमार गुप्ता)ले राजीनामा दिनुभयो । फेरि अर्को मन्त्री (भूमि व्यवस्थामन्त्री बलराम अधिकारी)को पनि भ्रष्टाचारमा नाम जोडिएको सार्वजनिक भएको छ,’ अध्यक्ष क्षेत्रीले भनेका थिए, ‘उहाँले पनि राजीनामा दिनुपर्छ र पार्टीले छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्छ । पार्टीका जो नेता हुन्, उनीहरूले गरेको गल्तीको भारी पार्टीले बोक्नुहुँदैन । छानबिन गरेर जसले जस्तो गल्ती गरेको छ सोहीअनुसार पार्टीले कारबाही गर्नुपर्छ ।’

अध्यक्ष क्षेत्रीले सम्बोधन गरेपछि आफूले पनि भ्रष्टाचार र अपराधमा नाम जोडिएका मन्त्री वा जोसुकै ठुला नेता भए पनि कारबाही हुनुपर्ने धारणा राखेकोे जिल्ला इन्चार्ज थापाले बताए ।

‘अध्यक्षले एजेन्डा र मैले भनाइ राखेपछि भेलाले भ्रष्टाचार र अपराधमा नाम जोडिएका मन्त्री वा ठुला नेता जो भए पनि कारबाही हुनुपर्ने निष्कर्ष निकाल्यो । अध्यक्ष र मेरो प्रस्तावलाई हलले सर्वसम्मत पारित गरेपछि माथिल्लो कमिटीमा पठाउने निर्णय भएको छ,’ थापाले भने, ‘साना नेताले गल्ती गर्दा कारबाही भोग्नुपर्ने र ठुला नेताले जे गरे पनि केही नहुने भन्ने हुन्न । जसले जे अपराध र कर्म गरेको छ, त्यसको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने मेरो मान्यता हो । ए, बी, सी, डी जोसुकै नेता भए पनि निर्मम तरिकाले छानबिन गरी गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ ।’

भेलामा केन्द्रीय सदस्य चूडामणि जंगली, प्रभा कोइराला, सल्लाहकार परिषद् सदस्य सूर्य खड्का बिखची, डिबी नेपालीलगायत उपस्थित थिए । बैठकमा अध्यक्ष थापाले लिचीघारी जग्गा प्रकरणमा बिचौलियाका रूपमा जोडिएका पार्टी गण्डकी प्रदेश सल्लाहकार परिषद् सदस्य सुजन लामाको उक्त सदस्यता नवीकरण रोकेको पनि भेलालाई जानकारी गराएका थिए । 

काठमाडौंमा चलेको पोलिटब्युरो बैठकमा भने लिचीघारी जग्गा प्रकरणमा जोडिएका पार्टीका मन्त्रीहरूका सम्बन्धमा कुनै प्रसंग नै नउठेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘उक्त विषय कास्कीमा पार्टीले उठाएको छ । पोलिटब्युरोमा यसबारे कुनै प्रसंग नै उठेन,’ उनले भने, ‘अब सोमबार केन्द्रीय कमिटी बैठक बस्छ, त्यहाँ यस विषयमा धारणा आउन पनि सक्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending