लमजुङ। लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागारको गेट (प्रवेशद्वार) भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । गत बुधबार अपराह्न पौने ५ बजेतिर कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट भत्किएको छ ।
यहाँ रहेका सबै कैदीलाई तनहुँ र कास्की कारागारमा स्थान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलका अनुसार तनहुँमा ३० जना र कास्की कारागारमा ७८ जना गरी एकसय ८ कैदीबन्दीको स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएका कैदीबन्दीलाई नेपाल प्रहरी र शसस्त्र प्रहरी टोलीले चार वटा बस र एउटा हाइस माइक्रोमा राखेर गन्तव्यमा लगेको छन् ।
जिल्लामै बस्नु पर्ने माग राख्दै आएका कैदीबन्दीसँग लामो छलफल, अन्तर्क्रिया पश्चात भएको लिखित प्रतिबद्धतापछि शनिबार स्थानान्तरण हुन सहमत भएका थिए । कारागारको मर्मतपछि उनीहरूलाई फेरि लमजुङ ल्याइने बताइएको छ । अन्यत्र जिल्लामा रहँदा एउटै ब्लकमा रहने गरी सम्बन्धित जिल्लाका प्रजिअ र कारागार प्रशासनसँग समन्वय गर्ने सहमति भएको छ ।
यसैगरी यहाँ बन्दीहरूले उत्पादन गरेका सामग्रीको सुरक्षा र बजारीकरणको जिम्मा कारागार प्रशासनले लिने सहमति भएको वार्तामा सहभागी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसीले जानकारी दिए ।
कारागार प्रशासक बेनीबहादुर मुक्तानकाअनुसार करिब ३ मिटर पर्खाल भत्किएको छ । १० जना महिला र २५ जना पुरुष गरी ३५ जना क्षमताको कारागार भए पनि जिल्ला कारागारमा तेब्बर बढी कैदी र थुनुवा छन् । कारगारमा हाल ६ महिलासहित १ सय ८ जना कैदी र थुनुवा छन् ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले यथासिघ्र कारागार पर्खाल मर्मतका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने बताए। उनले भवन जीर्ण भएको र पर्खालहरूमा समस्या देखिएको बताए। विगतका वर्षमा पनि कारागारको पर्खाल भत्किने गरेको थियो ।
विस २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेंसीसहर आएको बेलामा निर्माण गरिएको यस कारागारको हालसम्म पूर्णरूपमा मर्मत सम्भार हुन सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: