Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

एमाले नेतृत्वमा आउन नदिन ‘घेराबन्दीमा विद्या’

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वमा आउन नदिन घेराबन्दीको प्रयास सुरु भएको छ ।

एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेकी छन् । राष्ट्रपतिको जिम्मेवारीबाट हटेपछि उनी आन्तरिक छलफलमा थिइन् । त्यसको केही समयपश्चात देशदौडाहा गर्दै नेता कार्यकर्तासँग संघन छलफल गरिन् । र, गत १४ असारमा काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत पार्टीको सदस्यता नवीकरण गरी पार्टी राजनीतिमा पुनः फर्किएको उद्घोष गरिन् ।

‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रणेता मदन भण्डारीको श्रीमती पूर्वराष्ट्रपति विद्यालाई राजनीतिमा ल्याउने प्रयास एमालेकै नेताले गरेका थिए । एमालेकै नेताहरूकै चाहनामा उनी राजनीतिमा फर्किएकी हुन् ।

मदन भण्डारी पाउन्डेसनले मदनको ७४औं जन्मजयन्तीका अवसरमा आयोजित सो कार्यक्रममा विद्याले सदस्यता नवीकरण गरेको बताएपछि पार्टीभित्र उनलाई नेतृत्वमा आउन नदिनका लागि घेराबन्दी सुरु भएको छ । आगामी २० देखि २२ भदौमा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदै छ ।

विधान महाधिवेशनमा २२ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशनमा सहभागी प्रतिनिधि नै विधान महाधिवेशनका प्रतिनिधि हुन् । त्यतिबेला भण्डारी राष्ट्रपतिको जिम्मेवारीमा रहेको र एमालेको सदस्यसमेत थिइनन् । सो महाधिवेशनमा पार्टीको महत्वपूर्ण नीतिका ’boutमा छलफल र निर्णय हुन्छ । सोही आधारमा ११औं महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्नेछ ।

यसबीचमा भण्डारीले आफू पार्टीको नेतृत्व गर्नेगरी नै पार्टीको सदस्यता नवीकरण गरेको बताइसकेकी छन् । पार्टी नेतृत्वमा ल्याउन उनलाई पार्टीकै नेताहरूले साथ र सहयोग गरिरहेका छन् । तर, उनलाई नेतृत्वमा आउन नदिन रोक्न लागिएको उनीनिकट नेताहरू बताउँछन् ।

पालिकादेखि केन्द्रीय कमिटीसम्म पदाधिकारीमा एउटै पदमा लगातार दुईपटक भन्दा बढी बस्न नपाई र ७० वर्षे उमेर हदबन्दी हटाउने काम भइरहेको छ । वर्तमान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री तेस्रो कार्यकालका लागि अध्यक्षमा आउन चाहेको स्पष्ट संकेत गरिसकेका छन् । उनी लगातार दुईपटक अध्यक्षको जिम्मेवारीमा छन् । त्यसैले, विधान महाधिवेशनबाटै पार्टीको विधान खुकुलो बनाउने र भण्डारीलाई नेतृत्वबाट रोक्ने काम सुरु भइसकेको छ ।

ओलीनिकट मानिने एमाले महासचिव शंकर पोखरेलले पदाधिकारीमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने र ७० वर्षे उमेरहदबन्दीको व्यवस्था विधान महाधिवेशनबाटै हटाउने सार्वजनिक रूपमै भनिसकेका छन् ।

तर, भण्डारीलाई नेतृत्वमा ल्याउन प्रयास गरिरहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानमा सो व्यवस्था राखिने बताउँछन् । पार्टी नेतृत्वकै सल्लाहमा पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्य नवीकरण गरेको बताउँदै विधानमा बढी हेरफेर नहुने उनी बताउँछन् ।

आगामी नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा र दौडमा रहेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव पोखरेल अहिले एकैठाउँमा देखिएका छन् । तेस्रो कार्यकालका लागि अध्यक्षमा आउन खोजेको ओली चाहना बुझेका पौडेल र पोखरेल ११औं महाधिवेशनबाटै नेतृत्वमा आफूहरू नआउने भन्दै ओलीकै लागि ब्याक भइसकेका छन् । उनीहरू ओलीलाई नै सहयोग गर्नेगरी अगाडि बढेको एमाले नेताहरू बताउँछन् ।

भदौमा हुने विधान महाधिवेशनमै भण्डारीलाई सहभागी हुन नदिनेगरी नेताहरू लागेका छन् । सौराहा महाधिवेशनमा भण्डारी प्रतिनिधि नभएको र केन्द्रीय सदस्यसमेत नभएकाले विधान महाधिवेशनमा सहभागी हुन सक्दिनँ । अहिले उनी पार्टी संगठित सदस्य मात्रै हुन् ।

तर, ५ साउनमा बस्ने केन्द्रीय कमिटीको बैठकबाट भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गर्दै विधान महाधिवेशनमा सहभागी गराउनेगरी भण्डारीनिकट नेताहरूले गृहकार्य गरिरहेका छन् ।

पूर्वराष्ट्रपति र पार्टीको पूर्वउपाध्यक्ष भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किसकेपछि पार्टी पनि ठोस जिम्मेवारी दिने स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले विश्वास व्यक्त गरेका छन् । संविधान र पार्टी विधानले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउनबाट नरोकेको बताउँदै थापाले अगामी बैठकबाटै भण्डारीले महत्वपूर्ण जिम्मेवारी पाउनसक्नेमा विश्वस्त छन् ।

पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुखसमेत रहेका काशीनाथ अधिकारीले १०औं महाधिवेशनका प्रतिनिधि नै विधान महाधिवेशनका प्रतिनिधि रहने र मनोनीतको व्यवस्था नभएकाले भण्डारी विधान महाधिवेशनमा सहभागी हुन नसक्ने जनाएका छन् ।

यद्यपि ओलीको अध्यक्षतामा बस्ने केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यमा मनोनीत गर्ने कि नगर्ने अगामी बैठक एमाले नेताका लागि महत्वपूर्ण हुनेछ । भण्डारीले समेत एक कार्यक्रममा आफूलाई पार्टीमा दिइने जिम्मेवारी केन्द्रीय कमिटीको निर्णयमा भरपर्ने बताएकी छन् । भण्डारीनिकट नेताहरूले उनलाई केन्द्रीय कमिटी सदस्यमा जसरी पनि ल्याउनेगरी लागेका छन् ।

पदाधिकारीमा तेस्रो कार्यकाल आउन नहुने र उमेरहदको व्यवस्था विधान महाधिवेशनबाट जसरी पनि राख्ने र ओलीलाई स्वतः बिदाइ गर्दै भण्डारीलाई नेतृत्वमा ल्याउने रणनीतिका साथ नेताहरू अगाडि बढेका छन् । ओली अहिले ७३ वर्ष र भण्डारी ६४ वर्ष पुगेकी छन् । तर, आगामी विधान महाधिवेशनमा कस्तो विधान बन्ने सोही आधारमा नेतृत्व पनि आउनेछ ।

भण्डारीसँगै दुई कार्यकाल उपराष्ट्रपति भइसकेका नन्दकिशोर पुनः अहिले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को उपाध्यक्षको जिम्मेवारीमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै केही समयअघि पुनलाई उपाध्यक्षमा मनोनीत गर्दै भण्डारीलाई पनि सक्रिय राजनीतिमा आउन सहज बनाइदिएका हुन् । राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुन्छ । र पूर्वराष्ट्रपति आउन हुने कि नहुने भन्ने ’boutमा बसह जारी नै रहेको छ ।

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणाले एमालेमा मात्रै नभई कांग्रेसमा पनि तरंग पैदा भएको छ । १६ देखि २३ असारसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो । सो बैठकमा नेताहरूले भण्डारीको सक्रिय राजनीतिमा फर्किएको विषय नोटिसमा रहेको भन्दै यस’boutमा ओलीलाई समेत जानकारी गराएका थिए ।

‘राष्ट्रपति नेपाली सेनाको परमाधिपति पनि हुन्छ, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने विषय कांग्रेस केन्द्रीय समिति बैठकमा समेत उठेको छ, पार्टीले यसलाई नोटिसमा राखेको छ, यो विषय कुनै दल बलियो वा कमजोर हुने भन्दा पनि प्रणालीमाथिको आघात हो भन्ने हाम्रो बुझाइ हो,’ ओलीसँग देउवाले भनेका थिए । ओलीले भण्डारीलाई आफूहरूले राजनीतिमा नल्याएको जवाफ दिएका थिए । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE