काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा पार्टी विधान संशोधन सम्बन्धी प्रस्तावमाथि गहन छलफल हुने एमाले सचिव योगेश भट्टराईले बताए।
यसअघि बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले विधानमा उल्लेखित ७० वर्षे उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अघि सारेको थियो।
विधान संशोधनको प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले पेस गरेका थिए। प्रारम्भिक प्रस्तावमा पदाधिकारी संख्या ११ रहेको भए पनि छलफलको क्रममा संख्या बढाएर १५ जनामा सीमित गर्ने सहमति जुटेको भट्टराईले बताए।
साथै, केन्द्रीय संरचना र पदाधिकारी व्यवस्थापनमा परिवर्तन गर्नेसम्बन्धी प्रस्तावहरू पनि पोलिटब्युरोमा प्रस्तुत गरिने बताइएको छ।
पोलिटब्युरोबाट पारित भएपछिको चरणमा संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गरेर भदौमा तय गरिएको विधान महाधिवेशनमा अनुमोदनको लागि लगिनेछ। एमालको केन्द्रीय कमिटी बैठक ५ गते बस्दैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - ०९:२४
चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन ...
फाल्गुन ६ गते, २०८२ - ०९:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रमम...
फाल्गुन ६ गते, २०८२ - ०९:१७
रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चुनाव...
फाल्गुन ६ गते, २०८२ - ०७:५८
काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्याना...
फाल्गुन ६ गते, २०८२ - ०७:५५
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद...
फाल्गुन ६ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
फाल्गुन ६ गते, २०८२ - ०७:४८
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर...
फाल्गुन ६ गते, २०८२ - ०७:३५
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार...
फाल्गुन ६ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१...
फाल्गुन ६ गते, २०८२ - ०७:२४
काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएप...



प्रतिकृया लेख्नुहोस्: