Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

संसदमा प्रचण्डले भने: प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको छ

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको बताएका छन् ।

सोमबार संसद्‌मा बोल्दै प्रचण्डले सरकार दलालहरूको सेवामा रहेको आरोप लगाए। 'सरकारले सङ्ख्याको दम्भमा जसरी कुशासनका पहाड ठडिए, जसरी दलाल र बिचौलियाको पक्षमा सरकार नतमस्तक बन्यो, सरकार आज बिचौलियाको स्वार्थपूर्तिमा छ भन्ने कुरा आम नागरिक र सत्तारूढ दलकै भाषा बन्न पुगेको छ। प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको छ,' उनले भने।

प्रचण्डले शान्ति प्रक्रियाका बेलामा गरिएका कबुलअनुसार सरकार अगाडि बढ्न नसकेको बताएका छन्। 

'शान्ति प्रक्रियाको बेलामा जस्तो कबुल गरेका थियौँ, के हामी त्यो दिशातिर नै अघि बढिरहेका छौँ ? त्यतिबेला जे सपना देखेका थियौँ, हामी सबै त्यस दिशामा अगाडि बढेका छौँ त रु संविधान निर्माणका बेला घनीभूत छलफल गरेर जनताका बीचमा प्रतिबद्धता गरेका थियौँ, आज सर्वत्र भ्रष्टाचार, अराजकता र बेथितिले देश परिवर्तनको ठीक उल्टो दिशातिर अगाडि बढेको छ। सच्चिनका लागि कठोर निर्णयका लागि प्रतिबद्धता जनाउनुपर्छ,' उनले भने।

उनले लोकतन्त्र बलियो बनाउनेमा मुख्य जोड हुनुपर्ने बताए। 'सार्वजनिक सेवामा निरन्तरत तत्परता देखाउनुपर्ने, समाजका उपेक्षित वर्ग, जाति र समुदायका लागि सरकारबाट विशेष संरक्षणमुखी कार्यक्रम लागू गरिनुपर्ने, सङ्घीयता बलियो बनाउने र त्यहीअनुरूप कानून बनाएर कार्यान्वयनमा तत्परता देखउनुपर्ने, सामाजिक न्यायका लागि काम गर्नुपर्ने आवश्यकता छ,' उनले भनेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रत्ननगरले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने

चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...

अध्यक्ष ओली–लेखकको पाँच दिन म्याद थपियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बह...

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुना...

निर्वाचनमा सेनाको भूमिका व्यावसायिक र तटस्थ : प्रधानसेनापति सिग्देल

रुपन्देही। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेक...

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...

२०२७ बजेटमा ट्रम्पको प्रस्ताव: रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रम कटौती

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...

रुकुमपश्चिममा अटो र गाडी ठोक्किदा आठ जना घाइते

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी का...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending