काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको बताएका छन् ।
सोमबार संसद्मा बोल्दै प्रचण्डले सरकार दलालहरूको सेवामा रहेको आरोप लगाए। 'सरकारले सङ्ख्याको दम्भमा जसरी कुशासनका पहाड ठडिए, जसरी दलाल र बिचौलियाको पक्षमा सरकार नतमस्तक बन्यो, सरकार आज बिचौलियाको स्वार्थपूर्तिमा छ भन्ने कुरा आम नागरिक र सत्तारूढ दलकै भाषा बन्न पुगेको छ। प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको छ,' उनले भने।
प्रचण्डले शान्ति प्रक्रियाका बेलामा गरिएका कबुलअनुसार सरकार अगाडि बढ्न नसकेको बताएका छन्।
'शान्ति प्रक्रियाको बेलामा जस्तो कबुल गरेका थियौँ, के हामी त्यो दिशातिर नै अघि बढिरहेका छौँ ? त्यतिबेला जे सपना देखेका थियौँ, हामी सबै त्यस दिशामा अगाडि बढेका छौँ त रु संविधान निर्माणका बेला घनीभूत छलफल गरेर जनताका बीचमा प्रतिबद्धता गरेका थियौँ, आज सर्वत्र भ्रष्टाचार, अराजकता र बेथितिले देश परिवर्तनको ठीक उल्टो दिशातिर अगाडि बढेको छ। सच्चिनका लागि कठोर निर्णयका लागि प्रतिबद्धता जनाउनुपर्छ,' उनले भने।
उनले लोकतन्त्र बलियो बनाउनेमा मुख्य जोड हुनुपर्ने बताए। 'सार्वजनिक सेवामा निरन्तरत तत्परता देखाउनुपर्ने, समाजका उपेक्षित वर्ग, जाति र समुदायका लागि सरकारबाट विशेष संरक्षणमुखी कार्यक्रम लागू गरिनुपर्ने, सङ्घीयता बलियो बनाउने र त्यहीअनुरूप कानून बनाएर कार्यान्वयनमा तत्परता देखउनुपर्ने, सामाजिक न्यायका लागि काम गर्नुपर्ने आवश्यकता छ,' उनले भनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: