मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ का वडा सदस्य नच्छुङ गुरूङले मङ्गलबार साँझ करिब ५ बजे छुहामा खोलामा लेदोसहितको बाढी देख्दा वित्तिकै गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई फोन गरे।
बाढीका बारेमा जानकारी पाएलगत्तै गाउँपालिका अध्यक्ष गुरूङले प्रभावित क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि र स्थानीयलाई खबर गरे। बाढी प्रभावित वडा नम्बर १ का अध्यक्ष पेमा आङ्ग्या गुरुङ र वडा नम्बर २ का अध्यक्ष कर्म नाम्ग्याल गुरुङले तटिय क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना दिए।
उपल्लो मुस्ताङमा आएको बाढीको सूचना प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले पाएलगत्तै खोला आएर मिसिने नदीको तटीय क्षेत्रमा सर्तकता अपनाउन सूचना जारी गरियो ।
बाढी आएको केही मिनेटमै तयारी गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरूङले बताए। अध्यक्ष गुरूङ भने, ‘‘बाढीको सूचना समयमै आएकाले मानवीय क्षति टर्यो, अब हामीले सम्भावित जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउछौ ।’’ अध्यक्ष गुरूङका अनुसार लोमान्थाङमा बग्ने खोला आसपासमा पशुचौपाया लिएर जाने, गोठबाट आवतजावत गर्ने पाँच वटा काठे पुलहरू समेत बगाएको अवस्थामा समयमै सूचना प्रवाह नभएको भए मानवीय क्षति समेत हुन सक्ने बताए।
मुस्ताङमा खोला, नदीबाट आसपासका बस्तीहरू जोगाउन आवश्यक पर्ने पक्की संरचना कम हुने भएकाले पनि पानीको बाहब बढेसँगै तटिय क्षेत्रमा क्षति हुने गरेको छ । उपल्लो मुस्ताङमा तटिय क्षेत्रमा भेडाच्याङ्ग्राको चरन क्षेत्र समेत हुन्छ । गाउँपालिका अध्यक्ष गुरूङको नेतृत्वमा क्षतिको विवरण सङ्कलन गर्न बाढी प्रभावित क्षेत्रमा पुगेको छ । सफा मौसम, वर्षा समेत नभएको अवस्थामा एक्कासी तिब्बती क्षेत्रबाट आएको बाढीका कारण उपल्लो मुस्ताङवासी त्रसित भएका थिए ।
यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले चुमजुङ गाउँ हुँदै बग्ने खोलामा बाढीको सूचना समयमै स्थानीयबाट आएकाले पूर्वतयारी सहज भएको बताउनुभयो । प्रजिअ भुषालले भने, ‘‘हामीले सूचनालाई नै आधार बनाएर पूर्वतयारी गरेका थियौं, विपदबाट सुरक्षित हुन प्रभावकारी सूचना नै पहिलो आधार हो ।’’
मुस्ताङ र तिब्बतको सीमा आसपासका क्षेत्रमा भीषण वर्षा भएका कारण बाढी आएको आशङ्का गरिए पनि अहिलेसम्म सिमा क्षेत्रमा रहेका चिनियाँ अधिकारीले वर्षाको पुष्टि गर्न सकेका छैनन् । वर्षा नभए पनि एकाएक बाढी आउन थालेपछि मुस्ताङ हुँदै बग्ने कालीगण्डकी नदीको जोखिमको सूचना छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतमा समेत सूचना प्रवाह गरी सर्तकता अपनाउन अनुरोध गरिएको छ । यसैबिच बुधबार बिहान सदमुकाम जोससोम आसपासका क्षेत्रमा वर्षा भइरहेको छ भने मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका क्षेत्रमा भिषण वर्षा भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: