काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच बालुवाटारमा करिब एक घन्टा छलफल भएको छ।
सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि विकसित राजनीतिक घटना क्रमबारे उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले नाउपा संरक्षक चौधरीलाई सरकारबाट नबाहिरिन आग्रह गरेको स्रोतको भनाइ छ।
नाउपा संरक्षक चौधरीले भने 'हाम्रो मन्त्री बर्खास्तीमा परेको विषयमा प्रधानमन्त्रीजीसँग छलफल भयो। हामीले पहिल्यैदेखि भन्दै आएका हौं, दलीय सहमतिमा हामी यो गठबन्धनमा आएका हौं। कसैले दादागिरी शैलीमा हाम्रा मन्त्रीलाई बर्खास्त गर्नु राम्रो भएन। यिनै विषय केन्द्रित भएर हामीबीच छलफल भयो,' उनले भने।
यद्यपि नाउपा संसद तथा अध्यक्ष रञ्जिता श्रेष्ठ आजको संसद बैठकमा प्रतिपक्षी बेन्चमा बसेकी थिइन्। यसअघि नै नाउपाले संघसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १५:०६
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर भएको आगलागीमा तीन जना घाइते भएका छन्। स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीब...
चैत्र २९ गते, २०८२ - १४:३६
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियाप...
चैत्र २९ गते, २०८२ - १४:३२
चितवन। गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरात...
चैत्र २९ गते, २०८२ - १४:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको संस्थापनइतर पक्षले पुन: छलफल सुरु गरेको छ। निर्वाचनपछि रोकिएको आन्तरिक असन्तुष्ट समूहको बैठक...
चैत्र २९ गते, २०८२ - १४:०७
काठमाडौँ। भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारक...
चैत्र २९ गते, २०८२ - १३:५७
काठमाडौं । काठमाडौं महानगरपालिका ले आफ्ना कर्मचारीहरूका लागि सवारी साधन आलोपालो प्रयोग गर्ने ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। कार्यवा...
चैत्र २९ गते, २०८२ - १३:२५
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जर...
चैत्र २९ गते, २०८२ - १३:२०
काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्। वनस्पति विभागको ६६औँ वार्षिको...
चैत्र २९ गते, २०८२ - १२:५४
महोत्तरी। महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा एक अपरिचित व्यक्तिको बेवारिसे शव फेला परेको छ। स्थानीय बासिन्दाले सडक किनारमा शव देखेपछि तत्का...
चैत्र २९ गते, २०८२ - १२:४५
काठमाडौँ । रामचन्द्र पौडेल र नारायणप्रसाद दाहाल बीच आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटघाट भएको छ। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उक्त भेटव...


प्रतिकृया लेख्नुहोस्: