Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

तिब्बतमाथि दबाव- उत्तराधिकारी घोषणा गर्ने दलाई लामाको कदमपछि के गर्छ चीन ?

खबरडबली संवाददाता

काठमाडौं । आइतवार ९० वर्ष पुग्न लागेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले आफ्नो मृत्युपश्चात् मात्रै उत्तराधिकारी चयन हुने पुष्टि गरेका छन्।

आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग रहने उनले बताए। उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन्।

तिब्बतमा चिनियाँ शासन लागु भएपछि उनले निर्वासित जीवन बिताइरहेको उत्तर भारतको धर्मशालामा सो बहुप्रतीक्षित घोषणा गरेका हुन्।

चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको छ।

उनको घोषणाको प्रतिक्रिया दिँदै बेइजिङ्ले दलाई लामाको पुनरअवतार चीनभित्रै खोजिनु पर्ने र त्यसका निम्ति केन्द्रीय सरकारको अनुमोदन आवश्यक रहेको बताएको छ।

कम्युनिस्ट चीनले तिब्बतलाई सन् १९५१ मा गाभेको थियो र उसले दलाई लामालाई पृथकतावादी मान्छ।

को हुन् दलाई लामा?

दलाई लामालाई तिब्बतका संरक्षक भनिने अवालोकितेश्वर वा चेन्‌रेजिगको अंशका रूपमा मानिन्छ।

हिन्दू र जैनले जस्तै बौद्धमार्गीहरूले पनि मृत्युपछि सबैको पुनर्जन्म हुन्छ भन्ने विश्वास गर्छन्। तिब्बती परम्परामा दलाई लामा जस्तो उच्च आध्यात्मिक स्तर हासिल गरेको व्यक्तिले आफ्नो अर्को अवतारले कहिले र कहाँ जन्म लिन्छ भनेर तय गर्न सक्ने विश्वास छ।

वर्तमान दलाई लामाको जन्म सन् १९३५ को जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक गरिब किसान परिवारमा भएको थियो।

उनी २ वर्षको हुँदा नै १३औँ दलाई लामा अर्थात् थुब्तेत ग्यात्सोले फेरि अवतार लिएका व्यक्तिको रूपमा उनको पहिचान भयो।

"दलाई लामा बारम्बार अवतार लिएर जन्मने कुरामा तिब्बतीहरू विश्वास गर्छन्," डा. थुप्तेन जिन्पा भन्छन्।

यसअघि भिक्षु पनि रहेका डा. जिन्पाले तिब्बती बौद्ध धर्मको सबैभन्दा उच्चतम धर्मशास्त्रीय योग्यता हासिल गरेका छन्। उनले सन् १९८५ देखि दलाई लामाको आधिकारिक अनुवादकको काम पनि गरिरहेका छन्।

उनका अनुसार सबै दलाई लामाहरू एउटै व्यक्तिको पुनरवतार भएको परम्परागत विश्वास रहे पनि अहिलेका दलाई लामाले अक्षरशः ठ्याक्कै त्यस्तो नहुने ठान्छन्।

"सबै १४ जना दलाई लामाहरू एउटै व्यक्तिको अवतार भएको हुनै पर्ने विश्वास आफूले नलिएको उहाँ पवित्र धर्मगुरुले केही अवसरमा भनेको मैले सुनेको छु," डा. जिन्पाले बीबीसीसँग भने।

"तर त्यो परम्पराका सबैको दलाई लामाको परम्परासँग विशेष सम्बन्ध हुन्छ।" बौद्धधर्म २५०० वर्ष पुरानो हो तर दलाई लामाको संस्था चाहिँ अलि नयाँ हो।

"सबैभन्दा पहिलो दलाई लामाको रूपमा सन् १३९१ मा जन्म भएका गेदुन्द्रुपलाई मान्यता दिइए पनि बौद्ध धर्मगुरुको अवतारको विश्वास त्यसभन्दा पुरानो हो," एबरडीन विश्वविद्यालयको स्कटिश सेन्टर फर हिमालयन रिसर्चका प्राध्यापक मार्टिन ए मिल्स भन्छन्।

"त्यो कम्तीमा पनि त्यसभन्दा ३०० वर्षअघिको अभ्यास हो," मिल्स भन्छन्।

दलाई लामाको छनौट कसरी हुन्छ?

"दलाई लामाको छनौट प्रक्रिया निकै कडा, जटिल र विस्तारित हुन्छ," डा जिन्पाले भने। पुनः अवतार लिएका व्यक्तिको पहिचान गर्न वर्षौँ लाग्न सक्छ। अहिलेका १४औँ दलाई लामाको पहिचान गर्न चार वर्ष लागेको थियो।

उच्च तहका भिक्षुहरूले पूर्ववर्ती दलाई लामाको मृत्यु भएका समयको हाराहारीमा जन्मिएका बालकको खोजी गर्छन्। उनीहरूको खोजी निश्चित कुराहरूमा आधारित हुन्छ।

जसमध्ये एक जना भिक्षुले त्यस्तो पुनः अवतार लिएका बालकको पहिचानबारे सपना देख्न सक्छन्। पूर्ववर्ती दलाई लामाको चिता जलाउँदा उडेको धुवाँको दिशाले दलाई लामाले पुनर्जन्म लिएको क्षेत्रको सङ्केत गर्छ।

पुनर्जन्म लिएका बालक रहेको स्थान पहिचान भए पछि ती बालकलाई कैयौँ सामग्रीहरू दिइन्छ। ती बालकले त्यसमध्ये कुन-कुन सामान पूर्ववर्ती दलाई लामाका हुन् भनेर पहिचान गर्न सफल भएको अवस्थामा त्यसलाई बालकको पुनर्जन्मको सन्दर्भमा राम्रो सङ्केतका रूपमा लिइन्छ।

प्रमुख लामाहरू यी कुराहरूबाट सन्तुष्ट भएपछि ती बालकलाई छनौट गरिन्छ र उनलाई वर्षौँको धार्मिक प्रशिक्षण र धर्मशास्त्रीय अध्ययनमा लगाइन्छ।

अहिलेसम्म जम्मा दुई जना मात्रै दलाई लामा तिब्बत बाहिरबाट छानिएका छन्। त्यसमध्ये एक जना मङ्गोलिया र अर्को उत्तर पूर्वी भारतबाट।

चिनियाँ नियन्त्रण

सन् १९५०मा चीनले तिब्बतमाथि आफ्नो दाबी गर्दै हजारौँ सैनिकहरू उक्त क्षेत्रमा पठाएको थियो। सन् १९५९ मा चीनविरोधी विद्रोह विफल भएपछि दलाई लामा त्यहाँबाट भागेर भारत पुगेका थिए र उनले धर्मशालामा निर्वासित सरकार स्थापना गरेका थिए।

सन् २०११ मा निर्वासित सरकारको प्रमुखको भूमिका त्यागेका दलाई लामालाई अझै पनि बेइजिङ्को शासनको प्रतिरोधको प्रतीकका रूपमा हेरिन्छ।

आफ्नो अबको अवतारको जन्म तिब्बत बाहिर हुने भनेर दलाई लामाले लिएका निर्णयलाई चीन नियन्त्रित भूभागमा रहेको अवस्थाप्रतिको व्यावहारिक प्रतिक्रियाको रूपमा पनि कतिपयले हेरेका छन्।

दलाई लामा राजनीतिक कारण निर्वासनमा गएको कुरा चीनले अस्वीकार गर्दै आएको छ। उनी धर्मको आवरणमा चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न भएको आरोप चीनको छ।

चीनले सन् २००७ मै 'तिब्बती बौद्धमार्गमा जीवित बुद्धको पुनरअवतार व्यवस्थापनसम्बन्धी उपाय' भनेर आदेश जारी गरेको छ। नयाँ दलाई लामाको छनौटलाई प्रभाव पार्ने सो आदेशको उद्देश्य रहेको देखिन्छ।

लामो समयदेखि अधिकारवादी समूहहरूले तिब्बती मामिलामा चीनको हस्तक्षेप भएको भन्दै चिन्ता जनाइरहेका छन्।

"तिब्बती धार्मिक अभ्यासहरूमा राजनीतिक हस्तक्षेप गर्न र धार्मिक उत्तराधिकारको विषयलाई नियन्त्रण एवं दबावको औजारका रूपमा प्रयोग गर्न चिनियाँ अधिकारीहरूले तत्काल रोक्नु पर्छ," एम्नेस्टी इन्टर्न्याशनलका चीन निर्देशक स्यारा ब्रुक्सले एक विज्ञप्तिमा जनाएकी छन्।

तिब्बतमाथि दबाव

विदेशी पत्रकारहरूसँग कुरा गरेमा वा दलाई लामाको तस्बिर प्रदर्शन गरेमा पनि साधारण तिब्बतीहरू गिरफ्तारीमा पर्न सक्छन्।

भारतस्थित तिब्बती अभियानकर्मीको सहयोगमा बीबीसीले तिब्बतभित्र रहेका दुई जना भिक्षु अनि एकजना बौद्धमार्गीसँग कुरा गर्न सक्यो।

उनीहरूका अनुसार अधिकारीहरूले दलाई लामाको जन्मदिन मनाउने कुनै पनि कार्यक्रम रोक्न कदमहरू चालेका छन्।

"मेरो गाउँमा दुईवटा बैठक भए जहाँ दलाई लामाको अपमान गरियो र उपस्थित सबैलाई गम्भीर परिणामको कडा चेतावनी दिइयो," तिब्बतको आम्दो क्षेत्रका एक अधवैँशे पुरुषले आफ्नो नाम उल्लेख नगर्ने अनुरोधसहित बताए।

जन्मोत्सव नजिकिँदै गर्दा चिनियाँ प्रहरी तथा सेनाको उपस्थिति पनि बाक्लिँदै गएको उनले बताए। "गुम्बा वरिपरि थप सैनिकहरू भएजस्तो हामीलाई लागेको छ," उनले भने।

चिनियाँ सेन्सरशिपका कारण कतिपय मानिस - खासगरी युवाहरू - दलाई लामाबाट अलि टाढिएको आफ्नो अनुभव रहेको उनले बताए।

"कैयन् युवाहरूले उनलाई भेटेका छैनन्। बिडम्बना के छ भने तिनले उनको नाम केवा [चिनियाँ] सरकारी प्रोपागान्डाका दस्तावेजमा मात्र पढेका छन्। कैयन् गुम्बाहरू निरन्तर चिनियाँ निगरानीमा छन् तर केहीले अझै पनि स्पष्ट देखिने धार्मिक पहिरन लगाउँछन् र धार्मिक जीवन जिउँछन्।"

'थोरै नयाँ भिक्षु'

"म चाँडै नै भिक्षु भएँ मेरो अभिभावकहरूको चाहना अनुरूप," छिरिङ् (नाम परिवर्तित) ले भने। यी ४६ वर्षीय पुरुष चीनको सिचुआन प्रान्तको छङ्तुका हुन्। उनी ७ वर्षको उमेरमै भिक्षु बने।

चीनले लागु गरेको नयाँ नियमानुसार अब भिक्षु बन्न १८ वर्ष पुग्नु पर्छ। परिणामस्वरूप गुम्बाहरूमा भिक्षुका सङ्ख्या घटेका छन्।

"गुम्बाहरूमा नयाँ भिक्षु झन् झन् कम हुँदै छन्," उनले भने। "यो वर्ष, मेरो गुम्बामा केवल तीन नयाँ भिक्षु आए। साथै अन्य गाउँ तथा नगरहरूबाट गुम्बामा अध्ययन र भक्तिका लागि आउने बालबालिकाको सङ्ख्या घटिरहेको छ।"

सांस्कृतिक क्षतिको मूल्यमा चिनियाँ शासनको आर्थिक लाभ प्राप्त भएको छिरिङ्ले बताए।

"जब म सानो थिएँ खानलाउन कठिन थियो। कैयन् समय गुम्बामा मिठो खान पाइँदैन थियो," उनले भने। "पछि जीवन सहज भयो, यातायात सुविधामा नाटकीय परिवर्तन भए अनि शिक्षामा विकास भयो।"

तर उनी भन्छन्: "लाग्छ तिब्बती भाषा [को प्रयोग] खराब हुँदै गइरहेको छ।" आम्दो ङ्बाका अर्का भिक्षुले भने: "मैले धेरै परिवर्तन देखेको छु। तिनलाई विकास भन्न चाहिँ कठिन छI"

"मेरो बुझाइमा केवल बौद्धधर्मको अभ्यासका कारण मात्र तिब्बती भाषा र लिपि जीवित छन्।"

आगामी दलाई लामा

१४औँ दलाई लामाले यो ६०० वर्ष पुरानो संस्थालाई संरक्षण गर्नु पर्ने बताउँदै आएका छन्।

आफ्नो उत्तराधिकारीको चयनमा चिनियाँ हस्तक्षेप रोक्न उनले भविष्यमा कुनै चिनियाँ मनोनयनलाई अस्वीकार गर्न आफ्ना अनुयायीहरूलाई भनेका छन्।

"मानिसहरू विनम्र हुन सक्छन् किनभने उनीहरू आफ्नो ज्यान गुमाउन चाहँदैनन्। तर मानिसहरूले चीन सरकारले नियुक्त गर्ने दलाई लामालाई स्वीकार गर्दैनन्," डा. जिन्पा भन्छन्।

"चीनले भौतिक रूपमा मानिसहरूलाई नियन्त्रणमा त राख्न सक्ला तर तिब्बतीहरूको मन र मस्तिष्क जित्न भने सक्ने छैन," उनको विचार छ।

बेइजिङ्ले उसले 'दास'हरूलाई मुक्ति दिलाएको उसको अवधारणा अघि सार्ने गर्छ। तिब्बतलाई पिछडिएको धार्मिक सत्ताबाट आधुनिक मार्गमा डोर्‍याएको उसले बताउँछ।

तर दलाई लामाका अनुयायीहरू अझै पनि तिब्बती बौद्धमार्गको नेतृत्व चिनियाँ शासनबाट स्वतन्त्र राख्नका निम्ति क्रियाशील रहने छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending