काठमाडौं। काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतले काठमाडौं टावरका बारेमा आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्यमबाट आरोपित गर्न खोजिएको बताएका छन् ।
आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने- ‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर साब (बालेन शाह) तथा उपमेयर (सुनिता डंगोल) र जनप्रतिनिधिको निर्णयहरूमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु ।’ तर, बजेटसँग काठमाडौँ टावरको विषयलाई जोड्ने काम भएको भन्दै उनले त्यो जोड्नुपर्ने कारण नै नभएको जिकिर गरे ।
‘कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ,’ उनले भने । महानगरमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबिचकै विवादका कारण बजेटमा ढिलाइ भइरहेका बेला गुरागाईंले यस्तो बताएका हुन् । मैले अहिलेसम्म मेयर सावका बारेमा केही पनि भनेको छैन नि ? अनि मेयरको सचिवालयको हवला दिदैँ मलाई आरोप लगाउने कुरा कसरी ठीक हुन्छ ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि ? आधिकारिक निकाय हुन्छ होला । उस्ले मेरो बारेमा छानविन गरिरहेको होला नि ?’
काठमाडौं टावरको नक्शा स्वीकृतको कागजपत्र हेर्दा तत्कालीन प्रशासन विभागले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई सम्वोधन गरेर फाइल उठाएको देखिन्छ । त्यसमा अधिकारीले हस्ताक्षर गरेर ‘नगर प्रमुखज्यु पेश भए बमोजिम जरिवाना तोक्न निर्णय प्रस्तुत गरेको छु’भन्दै २०८० मंसिर २७ गते मेयर साहलाई पठाएका थिए । उक्त फायल मेयर साहकोमा पुगेपछि साहले पुस २ गते पाँच लाख जरीवाना तिराउन आदेश गरे । नगरप्रमुखको आदेशबमोजिम त्यही फाइल गुरागाईंले स्वीकृत गरेका थिए ।
उनले काठमाडौँ टावरका सन्दर्भमा निर्णय भैसकेको विषयमा प्रमाणपत्र मात्रै दिएको दोहोर्याउँदै आफूमाथि लगाइएका आरोपको खण्डन विगतमा पनि समाचारहरुबाटै भैसकेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ११:०७
काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...
आषाढ़ १३ गते, २०८३ - १०:३५
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...
आषाढ़ १३ गते, २०८३ - १०:१७
पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...
आषाढ़ १३ गते, २०८३ - ०९:५६
नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स...
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...



प्रतिकृया लेख्नुहोस्: