काठमाडौँ। श्रीलङ्काली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फुटबल टोली आज प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश लिँदै थियो । स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएलगत्तै नियमित काममा व्यस्त रहेका प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुुवाटारबाट ‘भर्चुअल’ माध्यमबाट सफलताको शुभकामना दिइरहँदा खेलाडीहरु उज्वेकिस्तानबाट जोडिएका थिए ।
जितका लागि शुभकामना दिइसकेपछि प्रधानमन्त्री ओलीले खेलाडीको ध्यानाकर्षण गराउँदै हात हल्लाएर ‘हेल्लो १ साम्बा एन्ड टिम विस यु अल द बेस्ट।।’ भनेपछि उताबाट टिमका कप्तान सावित्रा भण्डारी ‘साम्बा’ उठेर नमस्कार गर्दै हात हल्लाउन थालिन् । अरू खेलाडीले ताली बजाएर जितको शुभकामना ग्रहण गर्दै शुभकमनाप्रति आभार व्यक्त गरेका थिए ।
भर्चुअल रुपमा नेपालबाट जोडिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबाट सङ्घ ९एन्फा० का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि प्रधानमन्त्रीको हौसलाबाट उत्साहित भए।
प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेकामा हर्षित प्रधानमन्त्री ओलीले आज उज्वेकिस्तानसँग हुने फाइनल खेलमा नेपालले जित्ने विश्वास व्यक्त गर्नुभयो । “देशको गौरव बढाउन तपाईंहरुले गरिरहनुभएको योगदानको म प्रशंसा गर्दछु । नेपाली महिला फुटबलको ४० वर्षे सङ्घर्षपूर्ण इतिहासमा अर्को स्वर्णिम नतिजा प्राप्त हुनेछ । तपाईंहरुमा जितको मनोबल देखिएको छ । तपाईंहरुले जित्नैपर्छ । हामी जित्नेछौँ । यसलाई हामीले टर्निङ पोइन्टका रुपमा लिनेछौँ ।” खेलाडीलाई उत्साहित पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म तपाईंहरुको खेलसँगै हुनेछु । खेल क्षेत्रको विकासका लागि सरकारका तर्फबाट गरिनुपर्ने काम हुनेछ ।”
हालै सम्पन्न आफ्नो स्पेन भ्रमणका बेला रियल म्याड्रिडको रङ्गशालाको अवलोकन गरेको र मुलुकमा पनि त्यस्तै रङ्गशाला निर्माण कसरी सकिन्छ भन्ने सोचिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कम स्रोत, साधनबीच देशको खेलक्षेत्र सुदृढ हुँदै गएको बताए। उनले खेल क्षेत्र खर्च हुने क्षेत्रका रुपमा नभई आम्दानी गराउने क्षेत्रका रुपमा पनि लिइनुपर्नेमा जोड दिनुभयो ।
एन्फाका अध्यक्ष नेम्वाङले जितको शुभकामनाका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सरकारले गर्ने पूर्वाधार विकासको प्रयासमा आफूहरुको साथ रहने विश्वास दिलाए। उनले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा रियल म्याड्रिडको रङ्गशाला अवलोकनमा पर्नु नेपाली खेल क्षेत्रको विकासप्रति प्रधानमन्त्रीको प्रतिविम्बित भएको र त्यसबाट आफूहरुलाई प्रोत्सहन मिलेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: