काठमाडौँ। आम जनता पार्टी(आजपा)ले तल्लो तहमा काम गर्ने श्रेणीविहिन कर्मचारीको माग सम्बोधन गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ज्ञापनपत्र बुझाएको छ। प्रतिनिधि सभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक २०८२’ मा श्रेणीविहीन कर्मचारीलाई प्रवेश निषेध गरेपछि आजपाले विरोध जनाएको छ।
आजपाले काठमाडौंको सिंहदरबारमा बिहीबार राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाएको हो। आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा श्रेणीविहीन कर्मचारीको सम्पूर्ण अधिकार सुनिश्चित गर्न गराउन विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने माग गरेको छ।
समानताको मौलिक हक अनुरूप सामाजिक न्यायलाई आत्मसात गर्दै विधेयकमा आवश्यक संसोधन गर्नुपर्ने, ५८ वर्षको उमेर हदलाई ६० वर्ष पुर्याउनुको आवश्यक्ता र औचित्य पुष्टि गर्नुपर्ने, कुलिङ् पिरियड सम्बन्धी व्यवस्थामा भएको स्वार्थपूर्ण छेडछाडमा संलग्न दोषीहरूमाथि कारबाही गर्नुपर्ने, अतिरिक्त विशिष्ट श्रेणी सम्बन्धी व्यवस्थाको औचित्य पुष्टि गरी पदावधि निश्चित गर्नुपर्ने लगायतका माग आजपाले गरेको छ।
प्रतिनिधि सभाले पारित गरेको संघीय निजामती सेवा विधेयकले सरकारी सेवाको तल्लो तहमा काम गर्ने श्रेणीविहीन कर्मचारीहरूलाई निषेध गरी देशको शासनप्रक्रियाबाट आम नागरिकको सहभागिता र स्वामित्व अन्त्य गर्ने दुस्प्रयास गरिएकोप्रति आजपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यो विपन्न श्रमजीवी वर्गप्रतिको विभेदपूर्ण कार्य असंवैधानिक र गरिब विरोधी रहेको ठहर आजपाको छ।
आजपाको ज्ञापनपत्र बुझ्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले थप छलफलका लागि समितिमा पठाउँने बताए। आजपा प्रवक्ता साह, नेता रञ्जु साह, विजय यादव, मिनादेवी साह, चन्द्रिकालाल साह लगायतको सहभागिता रहेको आम विद्यार्थी मोर्चा केन्द्रीय सदस्य धिरेन्द्र साह ९प्रभात०ले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: