Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

लमजुङ-मनाङ सडक राति बन्द हुने

खबरडबली संवाददाता

लमजुङ। बेँसीसहर-चामे र मनाङको चामे-खाङसार सडकखण्ड राति बन्द हुने भएको छ । वर्षाका कारण हुनसक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखी रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 

केही दिनअघि मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिबिच भएको अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठकबाट असार २० गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार रातिदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेंसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । 

मनाङ प्रशासनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका(४ हुम्डेदेखि मनाङ सदरमुकाम चामेसम्म साँझ साढे ६ बजेपछि सवारी छुट्न रोक लगाइएको छ। चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेंसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारीसाधन नासों गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ ।

त्यस्तै, लमजुङबाट मनाङतर्फ जाने सवारीसाधन मस्र्याङ्दी गाउँपालिका-४, जगतबाट तालडाँडा हुँदै मनाङ प्रवेश बेलुका ७ बजेभित्र गर्नुपर्ने व्यवस्था गरिएको छ । बिहान ६ बजेपछि भने सवारी सञ्चालन खुला गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए। 

सुरक्षा निकाय, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधनको हकमा तत्कालीन परिस्थिति विश्लेषण गरी जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा औचित्यको आधारमा सञ्चालनको व्यवस्था मिलाइने उनले बताए।

हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडकखण्डमा वर्षायाममा हरेक वर्ष बाढी र पहिरोका घटना हुने गरेकाले जोखिम विश्लेषणपछि अवस्था सामान्य भएसँगै सवारी सञ्चालनमा आवश्यक व्यवस्था मिलाइने सुरक्षा अधिकारीहरुले बताएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending