Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

लमजुङ-मनाङ सडक राति बन्द हुने

खबरडबली संवाददाता

लमजुङ। बेँसीसहर-चामे र मनाङको चामे-खाङसार सडकखण्ड राति बन्द हुने भएको छ । वर्षाका कारण हुनसक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखी रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 

केही दिनअघि मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिबिच भएको अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठकबाट असार २० गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार रातिदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेंसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । 

मनाङ प्रशासनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका(४ हुम्डेदेखि मनाङ सदरमुकाम चामेसम्म साँझ साढे ६ बजेपछि सवारी छुट्न रोक लगाइएको छ। चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेंसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारीसाधन नासों गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ ।

त्यस्तै, लमजुङबाट मनाङतर्फ जाने सवारीसाधन मस्र्याङ्दी गाउँपालिका-४, जगतबाट तालडाँडा हुँदै मनाङ प्रवेश बेलुका ७ बजेभित्र गर्नुपर्ने व्यवस्था गरिएको छ । बिहान ६ बजेपछि भने सवारी सञ्चालन खुला गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए। 

सुरक्षा निकाय, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधनको हकमा तत्कालीन परिस्थिति विश्लेषण गरी जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा औचित्यको आधारमा सञ्चालनको व्यवस्था मिलाइने उनले बताए।

हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडकखण्डमा वर्षायाममा हरेक वर्ष बाढी र पहिरोका घटना हुने गरेकाले जोखिम विश्लेषणपछि अवस्था सामान्य भएसँगै सवारी सञ्चालनमा आवश्यक व्यवस्था मिलाइने सुरक्षा अधिकारीहरुले बताएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

एमालेको समानुपातिक बन्दसूचीमा २१ जिल्लाको प्रतिनिधित्व शुन्य, झापाबाट ९ जना

काठमाडौं । नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ। निर्वाचन आयोगका अनुसार एमालेले पेश गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending