Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

पाँच प्रदेशमा नदीको बहाव आकस्मिक बढ्न सक्ने: कस्तो छ पूर्वतयारी ?

खबरडबली संवाददाता

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । महाशाखाले असार १४ गतेदेखि १६ गते कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी पानी परेको भन्दै सतर्कता अपनाउन आव्हान गरेको थियो ।

मौसमविद् गोविन्द झाका अनुसार मनसुन सक्रिय रहेको तथा मनसुन रेखा पश्चिम नेपालको उत्तरतर्फ रहेकोले सुदूरपश्चिम क्षेत्रको तराई र पहाडमा धेरै वर्षा भएको बताए ।

झाले भने, “सुदूरपश्चिमतिर, तराई, पहाडमा धेरै भारी वर्षा भएको छ । हामीले विशेष बुलेटिन पनि जारी गरेका थियौं । यसको मुख्य कारण भनेको मनसुनको न्युन चापीय रेखा सरदरभन्दा उत्तरतर्फ बढेकोले गर्दा हो ।”

उनले सो क्षेत्रमा मङ्गलबारदेखि भारी वर्षा हुने क्रम कम हुँदै जाने बताए । 

उनले भने, “यो प्रक्रिया तलमाथि भइरहन्छ । अहिले हिजोको भन्दा कम छ । मङ्गलबारदेखि पानी नपर्ने त होइन । तर, सुदूरपश्चिमका जुन प्रणाली छन् । त्यसमा अलिकति कमी आउने हुन्छ । अलिअलि भारी वर्ष अझै पनि कतिपय ठाउँमा छ । अब क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ ।”

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् प्रवक्ता सुरेश सुनारका अनुसार मौसम पुर्वानुमान महाशाखाले गरेको पुर्वानुमानका आधारमा सम्बन्धित निकाय, सरकारका सबै पक्ष र सर्वसाधारणमा जानकारीका लागि विभिन्न माध्यमबाट पूर्वसुचना र पूर्व चेतावनीका सन्देश सम्प्रेषण भइरहेको छ ।

प्रवक्ता सुनारले भने, “विशेष गरेर हाम्रो च्यानलहरू प्रयोग गरेका छौं । सुरक्षा निकायसँग कमान्ड पोस्ट गठन भएको छ । त्यो कमान्ड पोस्टबाट सर्कुलर जारी भएको छ ।”

उनका अनुसार आवश्यक तयारीका लागि स्वयंसेवक परिचालन एवम् सतर्कता र तयारी अवस्थामा रहनका लागि पूर्व जानकारी गराइएको छ । 

उनले भने, “हामीले आवश्यक तयारी गर्न भनेर स्वयंसेवकलाई पनि परिचालन गर्ने सन्दर्भमा अलर्ट हुने र तयारी अवस्थामा बस्ने भनेर पहिले नै जानकारी गराएका थियौं । साथै, सर्वसाधारण नागरिकका लागि सार्वजनिक अपिल जारी गरेका छौं । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, यात्रा नगर्न, डुबान हुने क्षेत्र नदी, किनारमा जोखिमका काम कारबाही नगर्न आग्रह गरिएको छ ।”

विपद् प्रतिकार्यका लागि सबैलाई जुट्न सबैसँग नजिकको सम्पर्क बढाइएको उनको भनाइ छ ।

उनले भने, “विपद् प्रतिकार्यका लागि सबैलाई जुट्न हामीले त्यो खालको नजिकको सम्पर्क गरिराखेका छौं । जिल्ला, पालिकाले पनि आफ्नो हिसाबले सार्वजनिक अपिल गर्ने काम गरिरहेको छ । सुरक्षा निकाय, स्थानीय पालिकाले आफ्नो हिसाबले आवश्यक सतर्कता, सावधानी, अपनाउने काम गरिरहेको छ ।”

विपद्को बेलामा सबैभन्दा जिम्मेवार को हुन्छ भन्ने जिज्ञासामा उनले पूर्वतयारीमा सबै क्षेत्रको विभिन्न खालको भूमिका हुने भएकोले यो जिम्मेवारी क्षेत्रगत अनुसार हुने भनाइ राखे। 

उनले भने, “विपद्को बेला यही नै बढी जिम्मेवारभन्दा पनि त्यहाँ विभिन्न चरणहरू हुन्छ । पूर्वतयारीमा विभिन्न खालका भूमिका छन् । क्षेत्र अनुसार छन् । कृषि, सञ्चार मन्त्रालय, अरु योजना बनाउने स्रोत साधनको विषयमा पालिकाहरू, सुरक्षा क्षेत्र, स्थानीय प्रशासन सक्रिय रूपमा लाग्छन् । यसको बढी या यसको कम भन्दा पनि सबै मिलेर कार्ययोजना विभिन्न निकायसँग छलफल गरेर, ज–जसलाई जिम्मेवारी तोकिएको छ । त्यो निकाय तयारी अवस्थामा बस्ने र प्रतिकार्यको काम गर्नुहुन्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending