Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

पाँच प्रदेशमा नदीको बहाव आकस्मिक बढ्न सक्ने: कस्तो छ पूर्वतयारी ?

खबरडबली संवाददाता

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । महाशाखाले असार १४ गतेदेखि १६ गते कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी पानी परेको भन्दै सतर्कता अपनाउन आव्हान गरेको थियो ।

मौसमविद् गोविन्द झाका अनुसार मनसुन सक्रिय रहेको तथा मनसुन रेखा पश्चिम नेपालको उत्तरतर्फ रहेकोले सुदूरपश्चिम क्षेत्रको तराई र पहाडमा धेरै वर्षा भएको बताए ।

झाले भने, “सुदूरपश्चिमतिर, तराई, पहाडमा धेरै भारी वर्षा भएको छ । हामीले विशेष बुलेटिन पनि जारी गरेका थियौं । यसको मुख्य कारण भनेको मनसुनको न्युन चापीय रेखा सरदरभन्दा उत्तरतर्फ बढेकोले गर्दा हो ।”

उनले सो क्षेत्रमा मङ्गलबारदेखि भारी वर्षा हुने क्रम कम हुँदै जाने बताए । 

उनले भने, “यो प्रक्रिया तलमाथि भइरहन्छ । अहिले हिजोको भन्दा कम छ । मङ्गलबारदेखि पानी नपर्ने त होइन । तर, सुदूरपश्चिमका जुन प्रणाली छन् । त्यसमा अलिकति कमी आउने हुन्छ । अलिअलि भारी वर्ष अझै पनि कतिपय ठाउँमा छ । अब क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ ।”

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् प्रवक्ता सुरेश सुनारका अनुसार मौसम पुर्वानुमान महाशाखाले गरेको पुर्वानुमानका आधारमा सम्बन्धित निकाय, सरकारका सबै पक्ष र सर्वसाधारणमा जानकारीका लागि विभिन्न माध्यमबाट पूर्वसुचना र पूर्व चेतावनीका सन्देश सम्प्रेषण भइरहेको छ ।

प्रवक्ता सुनारले भने, “विशेष गरेर हाम्रो च्यानलहरू प्रयोग गरेका छौं । सुरक्षा निकायसँग कमान्ड पोस्ट गठन भएको छ । त्यो कमान्ड पोस्टबाट सर्कुलर जारी भएको छ ।”

उनका अनुसार आवश्यक तयारीका लागि स्वयंसेवक परिचालन एवम् सतर्कता र तयारी अवस्थामा रहनका लागि पूर्व जानकारी गराइएको छ । 

उनले भने, “हामीले आवश्यक तयारी गर्न भनेर स्वयंसेवकलाई पनि परिचालन गर्ने सन्दर्भमा अलर्ट हुने र तयारी अवस्थामा बस्ने भनेर पहिले नै जानकारी गराएका थियौं । साथै, सर्वसाधारण नागरिकका लागि सार्वजनिक अपिल जारी गरेका छौं । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, यात्रा नगर्न, डुबान हुने क्षेत्र नदी, किनारमा जोखिमका काम कारबाही नगर्न आग्रह गरिएको छ ।”

विपद् प्रतिकार्यका लागि सबैलाई जुट्न सबैसँग नजिकको सम्पर्क बढाइएको उनको भनाइ छ ।

उनले भने, “विपद् प्रतिकार्यका लागि सबैलाई जुट्न हामीले त्यो खालको नजिकको सम्पर्क गरिराखेका छौं । जिल्ला, पालिकाले पनि आफ्नो हिसाबले सार्वजनिक अपिल गर्ने काम गरिरहेको छ । सुरक्षा निकाय, स्थानीय पालिकाले आफ्नो हिसाबले आवश्यक सतर्कता, सावधानी, अपनाउने काम गरिरहेको छ ।”

विपद्को बेलामा सबैभन्दा जिम्मेवार को हुन्छ भन्ने जिज्ञासामा उनले पूर्वतयारीमा सबै क्षेत्रको विभिन्न खालको भूमिका हुने भएकोले यो जिम्मेवारी क्षेत्रगत अनुसार हुने भनाइ राखे। 

उनले भने, “विपद्को बेला यही नै बढी जिम्मेवारभन्दा पनि त्यहाँ विभिन्न चरणहरू हुन्छ । पूर्वतयारीमा विभिन्न खालका भूमिका छन् । क्षेत्र अनुसार छन् । कृषि, सञ्चार मन्त्रालय, अरु योजना बनाउने स्रोत साधनको विषयमा पालिकाहरू, सुरक्षा क्षेत्र, स्थानीय प्रशासन सक्रिय रूपमा लाग्छन् । यसको बढी या यसको कम भन्दा पनि सबै मिलेर कार्ययोजना विभिन्न निकायसँग छलफल गरेर, ज–जसलाई जिम्मेवारी तोकिएको छ । त्यो निकाय तयारी अवस्थामा बस्ने र प्रतिकार्यको काम गर्नुहुन्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending