Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइनेछ: मन्त्री भण्डारी

खबरडबली संवाददाता

ललितपुर। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने बताएको छन्।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले अहिले पनि वैदेशिक रोजगार विभागमा ३६ हजार ठगीका मुद्दा रहेकाले ऐन संशोधन गरेर मुद्दा फछ्र्यौटलाई सहज बनायने बताए। 

“अहिलेकै कानुनअनुसार हुने हो भने सबै मुद्दा टुङ्गोमा पुग्न २५ वर्ष लाग्छ, त्यसकारण ऐन संशोधन गर्ने पक्षमा छौँ, वैदेशिक रोजगार न्यायाधिकरणको पक्षमा छौँ, जिल्ला जिल्लामा उजुरी लिएर जिल्ला अदालतमा मुद्दा चल्ने अवस्थाका लागि व्यवस्थापन गर्दैछौँ, जिल्ला प्रशासन  कार्यालयमै उजुरी दिने व्यवस्था गर्नु आवश्यक छ,” उनले भने।

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारको विकास र प्रवद्र्धन रहेको उल्लेख गर्दै सुरक्षित वैदेशिक रोजगारसँगसँगै आन्तरिक रोजगारी प्रवद्र्धनका लागि पनि जोड दिइएको बताउनुभयो।

“पहिला मन्त्रालयको ध्यान वैदेशिक रोजगारमा मात्रै थियो, अहिले आन्तरिक रोजगारलाई ध्यानमा दिएर सीप विकास प्रतिष्ठानमार्फत कार्यक्रमलाई अगाडि बढाएका छौँ, अब नेपालीलाई वैदेशिक रोजगारबाट फर्काएर मुलुकको आर्थिक विकास र समृद्धिको हितमा काम गर्न सामीमार्फत नै अभियान अगाडि बढाउन जोड दिन्छौँ, अबको अवस्थामा हामीले यही रोजगारी र अर्थतन्त्रको सृजना गर्नुपर्छ,” उनले भने।

सामी परियोजनाले कार्यक्रमको औचित्यता प्रमाणित गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले सुरक्षित आप्रवासनको सेवालाई ७५३ वटै पालिकामा पुर्‍याउन चाहेको बताए।

“अहिले हामीले राष्ट्रिय आप्रवासन नीतिका लागि ध्यान दिएका छौँ, सरकारले मनोसामाजिक परामर्श गर्ने कुरालाई पनि जोड दिएको छ, वैदेशिक रोजगारका सन्दर्भमा दुई पक्षीय सम्झौताका आधारमा न्यूनतम तलब तोकेर श्रमिकका हितमा काम गरेका छौँ, आतेजाते खर्चमा रोजगारदाताले व्यवस्थापन गर्नुपर्ने गरी व्यवस्था गराउन जोड दिएका छौँ, यो विषयमा अहिले छलफल गरिरहेका छौँ, मेनपावर व्यवसायीले रोजगारीमा जानेसँग बढी पैसा लिएर कामको प्रमाण दिने काम पनि भएको छ, यसलाई पनि ध्यान दिएका छौँ, प्रत्येक नागरिकको हातमा श्रमसंसारको सेवा पुग्नुपर्छ, अहिलेको अवस्थामा प्रविधिको उपयोगलाई ध्यान दिएका छौँ, सबै खालका सेवा प्रवाह स्थानीय तहमा पुर्‍याउन खोजेका छौँ,” मन्त्री भण्डारीले भने।

वैदेशिक रोजगारका कारण मुलुक खाली भयो भन्ने भाष्य सृजना गरिएको जिकिर गर्दै उनले पाँच वर्षमा ६० लाख नागरिक वैदेशिक रोजगारीमा गएपनि ५० लाख नागरिक स्वदेश फर्किएको तथ्याङ्क रहेको बताए।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले सामी परियोजनालाई राम्रोसँग कार्यान्वयन गराउन सरकारले सधैँ सकारात्मक भूमिका निर्वाह गर्ने बताए । यहाँस्थित स्विस दूतावासका कर्मचारी एन्टोनिया फ्लफलेले सामी परियोजना महत्वपूर्ण सिकाइ भएको उल्लेख गर्दै यसमा धेरै व्यक्तिलाई सहभागी गराएर सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्दै उपलब्धि हासिल गरेकामा  सबैलाई धन्यवाद दिए। 

‘हेल्भेटास नेपाल’का सामी परियोजना हेर्ने प्रतिनिधि टङ्क अर्यालले यो सेवा नेपालका सबै तह र क्षेत्रमा आवश्यक रहेको भन्दै सात प्रदेशका सबै स्थानीय तहमा पुग्नेगरी श्रम र आप्रवासनसम्बन्धी समन्वय तथा सहकार्य गर्न ध्यान दिनुपर्नेमा जोड दिए।

मधेश प्रदेशका सचिव युवराज अधिकारीले सामी परियोजनाले गर्ने कार्यक्रम निश्चित समयको हुने भन्दै यसलाई तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेर नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनकुमारी लामा, सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, सुनसरीको इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी, सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, कैलालीको जानकी गाउँपालिका कैलालीका अध्यक्ष गणेश चौधरीलगायतले  सामी परियोजनाले सुरुआत गरेका कार्यक्रमबारे आ–आफ्नो धारणा राखेको थिए।

मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले तीनै तहको लागत साझेदारीमा सञ्चालन हुने सामी परियोजना आगामी आर्थिक वर्षदेखि ५७५ तहमा विस्तार हुने बताए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालिगण्डकीमा बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...

देउवाको वक्तव्य : सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा प्रचारबाजी भयो

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन्  । बुधबार स...

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...

स्वीस बैंकमा रहेको अवैध नेपाली रकम भए फिर्ता ल्याउन सहयोग गरिदिन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश

सर्लाहीमा करेन्ट लागेर बालकको मृत्यु

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।  स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...

गृहमन्त्री गुरुङ र स्विस राजदूतबिच भेटवार्ता: भ्रष्टाचार नियन्त्रणमा सहकार्यको प्रस्ताव

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्...

चैत २७ गते राष्ट्रपतिले संसद्‌को दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस...

आर्मीको पोष्टमा प्रहरीको आधा दर्जन गोल

बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यह...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending