Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

खबरडबली संवाददाता

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाको राजिनामा माग गरेको छ ।

सहमति बिपरित ‘कुलिङ अफ पिरियड’ राखेर संघीय निजामती सेवा बिधेयक प्रतिनिधिसभावाट पारित गराएको रहस्योदघाटन भए पछि माओवादी केन्द्रले सभापति खतिवडाको राजिनामा माग गरेको हो ।

सभामुख देवराज घिमिरेसँग छलफल पछि बाहिरिएका माओवादी सांसद माधव सापकोटाले नैतिकताका आधारमा सभापति खतिवडाले राजिनामा दिनु पर्ने बताए ।

‘उहाँ (खतिवडा) को संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो, उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ,’ उनले भने ।

उनका अनुसार सभापति खतिवडा र सचिव सुरजकुमार दुराले सांसदहरूको मर्यादा र प्रतिष्ठामा आँच पुरयाएका छन् ।  समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लाग्दै आएको छ ।

पारित भएकाे विधेयकको दफा ८२ (४ं) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ । याे समितिमा भएकाे सहमति हाे ।

तर, त्यसलाई खण्डित गर्ने गरी दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निष्प्रभावी बनाइएको रहस्योदघाटन भएको हो ।

विधेयकका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले  ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको थियो । तर, त्यसमा थप एक वाक्य थपिएको खुले पछि अहिले तिब्र आलोचना भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालिगण्डकीमा बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...

देउवाको वक्तव्य : सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा प्रचारबाजी भयो

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन्  । बुधबार स...

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...

स्वीस बैंकमा रहेको अवैध नेपाली रकम भए फिर्ता ल्याउन सहयोग गरिदिन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश

सर्लाहीमा करेन्ट लागेर बालकको मृत्यु

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।  स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...

गृहमन्त्री गुरुङ र स्विस राजदूतबिच भेटवार्ता: भ्रष्टाचार नियन्त्रणमा सहकार्यको प्रस्ताव

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्...

चैत २७ गते राष्ट्रपतिले संसद्‌को दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस...

आर्मीको पोष्टमा प्रहरीको आधा दर्जन गोल

बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यह...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending