Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

खबरडबली संवाददाता

काठमाडौं। सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

यही असार १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी गराएको हो । 

मन्त्री गुरुङका अनुसार सार्वजनिक खरिद निर्णयको संक्षिप्त व्यहोरा समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूर्वसहसचिवहरू रोहितकुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी विदेशी विनिमय ९नियमित तथा व्यवस्थित गर्ने० विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृति दिइएको छ ।

यही असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने ‘हाई लेवल इन्टररिजनल नलेज एक्सचेन्ज अन वान कन्ट्री वान प्राइरोटि प्रोजेक्ट ९ओसिओपी० मोडेल्स्’ कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई सहभागी हुन स्वीकृति दिइएको मन्त्री गुरुङले जानकारी दिए। 

उनका अनुसार खानेपानी र सरसफाइ क्षेत्रको महत्त्वपूर्ण प्रगतिलाई दिगो प्रभावमा रूपान्तरण गर्न प्राइम मिनिस्टीरियल कमिट्मेन्ट : अ नेसनल ट्रान्सफर्मेसन इन, एण्ड थ्रु, वाटर, सेनिटेशन एण्ड हाइजिन’ विषयक प्रतिबद्धतामा नेपालको तर्फबाट हस्ताक्षर गर्न सरकारले स्वीकृति दिएको छ । 

सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र धनकुटाका वसन्तराज पुरी तथा तनहुँका गोविन्द शर्मा गैरे सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ । कर्जा असुली न्यायाधिकरणको आव २०८१र८२ का लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने मन्त्री गुरुङले जानकारी दिए।

साथै, नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, फ्रान्सको पेरिसमा आयोजना हुने ४७ औँ सत्रको ‘अफ द वल्र्ड हेरिटेज कमिसन’ मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति दिइएको छ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने, प्रत्येक वर्ष असोज १५ गतेका दिनलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने एवं नेपाल र भारत सरकारबीच हस्ताक्षर हुने ‘कोअपरेशन इन द फिल्ड अफ हेल्थ एण्ड मेडिसिन’ विषयक समझदारीपत्र स्वीकृत गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले बताए।

मन्त्री गुरुङका अनुसार नेपाल र भारतबीच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य विषयक समझदारीपत्र स्वीकृत गर्ने, राष्ट्रिय पर्यटन नीति, २०८२ स्वीकृत गर्ने, खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने सरकारका निर्णयहरू रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending