काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई ‘आधारभूत तह’ भन्नुपर्ने प्रस्ताव राखेको छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावमाथिको छलफलका क्रममा गृहमन्त्री लेखकले कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तहमा राख्न उपयुक्त हुने प्रस्ताव राखे।
“प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवल्दारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो। मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु”, गृहमन्त्री लेखकले भन्नुभयो, “प्रहरीको ती दर्जाका कर्मचारीहरुलाई आधारभूत तह भन्नुपर्छ भनेको छु। प्रहरी सेवामा ठूलो सङ्ख्यामा जवान, हवल्दार तहसम्मका जनशक्ति हुन्छन्। सबैभन्दा बढी सडकमा खटेर ‘ड्यिुटी’ गर्ने ती तह भएकाले कानुन निर्माणका क्रममा त्यसलाई आधारभूत तह लेखौँ। बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौँ।”
मन्त्री लेखकले बढी समय खटिने ती तहका प्रहरी कर्मचारीको सेवासुविधालाई प्राथमिकता दिइ प्रहरी ऐन लाउने पक्षमा सरकार रहेको बताए।
“नेपाल प्रहरीले राष्ट्रको सुरक्षादेखि आफ्नो दायित्व कसरी पूरा गर्छ र नेपाल प्रहरीमा प्रवेश गरेदेखि सेवा निवृत्त हुँदासम्म सम्पूर्ण वृत्तिविकासलगायत समग्र पक्ष राम्रो बनाउने हामी सबैको साझा उद्देश्य हो।” गृहमन्त्री लेखकले भने, “नेपाल प्रहरीसम्बन्धी कानुन यो देशको सबैभन्दा पुरानोमध्येको एक हो। यो कानुन अहिलेसम्म समयसापेक्ष रुपमा परिमार्जन हुन नसकेका सन्दर्भमा सङ्घीय संसद्को यही अधिवेशनबाट पास गर्नेगरी छिटोछरितो ढङ्गबाट विधेयक अघि बढाइदिनुहुन सबैसँग अनुरोध गर्दछु।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: