Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

ओलीले रोक्न खोज्दाखोज्दै विद्या भण्डारी आइन् राजनीतिमा, एमालेको नेतृत्व हत्याउने दाउ

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा आफू उपाध्यक्ष रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । त्यसका लागि उनले पार्टी संगठित सदस्यतासमेत नवीकरण गरिसकेको जनाएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन एमाले नेता–कार्यकर्ताले लामो समयदेखि आग्रह गर्दै आएका थिए । त्यसका लागि उनले देश दौडाहा गर्दै पार्टी नेता–कार्यकर्ताको भावनासमेत बुझ्दै आएकी थिइन् । अन्ततः दिवंगत पति मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा उनले एमालेको सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी हुन् ।

सोही अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा आफ्ना पति तथा एमालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रणेता मदन भण्डारीलाई सम्झँदै उनी भावुक बनेकी थिइन् । सम्बोधनका क्रममा उनले मदन भण्डारीको सपना साकार पार्न एमालेका नेताहरूसँगै आफू पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

‘जबजका तीन दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले एमालेको पार्टी सदस्यता नवीकरण गरिसकेको पनि खुलासा गरेकी थिइन् । यसअघि कतिपय नेताहरूले भण्डारीको सदस्यता नवीकरण होल्ड गरिएको चर्चा गर्दै आएका थिए । उनका विरोधीले सदस्यता नवीकरण नगरी होल्ड गरेको र उनलाई सक्रिय राजनीतिमा फर्किनलाई रोक्न खोजिएको थियो ।

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यको साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन् । उनले आफ्नो कुनै विशिष्ट आकांक्षा नरहेको, देश र जनताको हित आफ्नो लक्ष्य रहेको बताएकी थिइन् ।

उनले मदन भण्डारीले जनता भनेको भगवान हुन् भन्ने गरेको पनि स्मरण गरिन् । उनले मदन भण्डारीले ‘राजनीतिमा थकाइ’ भन्ने शब्द नहुने पनि भन्ने गरेको स्मरण गर्दै सक्रिय राजनीतिमा होमिएको स्पष्ट सन्देश दिइन् । एमालेको सदस्यता नवीकरण गर्दै पार्टीको राजनीतिक यात्रामा निरन्तरता दिने प्रतिबद्धता भण्डारीले व्यक्त गरिन् । ‘राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि, मैले नेकपा (एमाले) मा रही राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘म अब एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु र यसमा गर्व गर्छु ।’

भावुक हुँदै उनले भनिन्, ‘जननेता मदन भण्डारीले भन्नुहुन्थ्यो– जनता नै भगवान हुन्, र राजनीतिमा थकाइ भन्ने हुँदैन । आज यहाँहरूका बीचमा उभिँदा मैले उहाँका ती भनाइहरूलाई स्मरण गरेको छु ।’

उनले राजनीतिक यात्राले आफूलाई धेरै कुरा सिकाएको र परिपक्व बनाएको बताउँदै भनिन्, ‘मदन भण्डारीका आदर्शलाई आत्मसात् गर्दै म समर्पित भावनाले अगाडि बढिरहेकी छु । यो यात्रामा मैले राजनीतिक उतारचढावबाट धेरै अनुभव प्राप्त गरेको छु ।’

कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको दुःखद दुर्घटनाको प्रसंग उल्लेख गर्दै भावुक हुँदै भनिन्, ‘मदनका सपनाहरूलाई साकार पार्ने दिशामा अग्रसर तपाईँहरूको साथमा म पनि सधैँ रहनेछु ।’ उनले जबजको सिद्धान्तलाई जीवन्त राख्दै देश र जनताको समृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता दोहो¥याइन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलको चेतावनी

कार्यक्रममा सहभागी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको द्वन्द्वको विधिसम्मत समाधान नखोजिए विस्फोट हुनसक्ने चेतावनी दिएका छन् । भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउँनखोज्ने नेताहरूमध्ये पोखरेल उच्च जिम्मेवारीमा रहेका नेता हुन् । पोखरेल जता गए उत्तै संस्थापन पक्ष हुने नेताहरूले चर्चा गर्दैआएका छन् । पार्टीभित्रको सीमारेखा नभत्काइकन पार्टीको विधान अधिवेशनसँग जोडिएका विषयमा बोल्न पाउनुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो ।

‘बोल्ने बेला नै यही भएकाले बोल्न पाउनुपर्ने, बोल्नेको मुख थुन्न नहुने’ पोखरेलले बताए । भण्डारी मञ्चमा बसेर सुनिरहेका बेला पोखरेलले पार्टी जीवनको लोतान्त्रिकरण अहिले हराएर गएको स्मरण गर्दै यसलाई तलमाथि पार्न नमिल्ने चेतावनी समेत दिए । ‘कम्युनिस्ट पार्टीभित्र नेतृत्व अनिर्वाचित हुने, सत्ता हस्तान्तरण नगर्ने प्रवृति हटाउन जबजको सिद्धान्तको प्रयोग गर्नुपर्छ । पार्टीभित्रको द्वन्द्वलाई विधिसम्मत प्रकट हुन दिइएन भने विष्फोट हुन्छ । राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ, विग्रह पैदा गर्छ ।

त्यस्तो अवस्थामा विग्रह विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्न ुपर्छ । असन्तुष्टि निश्चित विन्दूमा पुगेपछि विस्फोट हुन्छ,’ पोखरेलले भने, ‘विचारका धेरै पक्षहरू कमजोर बने, त्यसपछि हामी के भयौँ भयौँ भन्ने स्थिति छ । त्यो एकता टुटेपछि एमाले नयाँ ढंगले अघि बढ्यो । पुनर्जीवन प्राप्त गरेपछि १० औँ महाधिवेशनमा घनीभूत छलफल भयो ।

विधान, संगठनात्मक र राजनीतिक प्रस्ताव पारित भयो । तीन दशकदेखिको छलफल बहस र अनुभवहरू समेटिएर निकालिएको निष्कर्ष छ ।’

उनले घुमाउरो भाषामा एमालेभित्र द्वन्द्व रहेको र यसलाई विधिसम्मत ढंगले समाधान नगरेमा विस्फोट र विद्रोह हुने चेतावनी दिए । जाने गएपनि किन गयो भन्ने कुरा जिम्मेवारीमा बसेकाले जवाफ दिनुपर्ने उनले बताए । ‘नेकपा एमालेको इन्साइड स्टोरी अब इन्साइड मात्रै रहँदैन, सबैले बुझ्ने जान्ने भएर जान्छ । यो कुरा सबैले बुझ्नु पर्छ । हामीले अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी लोकतान्त्रिकरणको अभियान थालेका थियौं । तर त्यसले मान्यता पाएन,’ उनले भने ।

भण्डारीलाई रोक्न विधानमै हेरफेर !

एमालेको विधानमा ७० वर्षे उमेर हद राख्नुपर्ने र पालिकादेखि केन्द्रीय कमिटीमा पदाधिकारी दुई पटक भन्दा बढी एउटै पदमा बस्न नपाउने व्यवस्था’bout बहसको विषय बनेको छ । पार्टी विधानबाटै पदाधिकारीमा एउटै पदमा दुई पटकभन्दा बढी बस्न नपाउने धारा नै हटाइएको छ ।

एमालेमा दोस्रो विधान महाधिवेशन आगामी २०, २१ र २२ भदौमा हुने गरी मिति तोकिएको छ । पार्टीको हुने सो विधान महाधिवेशनले कसैलाई रोक्न सक्छ भने कसैका लागि सहज बनाउन सक्ने बताइएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली तेस्रो कार्यकालका लागि अध्यक्ष हुन खोजेका छन् र भण्डारी पनि अगामी नेतृत्वका लागि दौडधुपमा रहेकी छन् ।

९औँ र १०औं महाधिवेशनबाट ओली दुई कार्यकाल अध्यक्ष भएका हुन् । ११औँ महाधिवेशनबाट ओली नै पुनः नेतृत्वमा तेस्रो कार्यकालका लागि आउन खोजेको स्वयं ओलीकै अभिव्यक्तिबाट प्रष्ट हुन्छ । यसअघि उनले पार्टीको विद्यार्थी संगठन अखिलको महाधिवेशनमा नेतृत्वका लागि आवश्यक्ताको आधारमा हुने भन्दै लामै व्याख्या गरेका थिए र मुलुक र पार्टीको आवश्यक्ताका आधारमा नेतृत्वमा आउने कुरा निर्धारण हुने जिकिर गरेका थिए । उमेरले होइन, स्वास्थ्यले साथ दिए हुन्छ, कार्यक्षमता भए पुग्छ भन्दै उनले उमेरहदको विपक्षमा वकालत गरिरहेका छन् ।

अहिले उमेरले ७४ पुगेका ओलीले यसअघि नै ७० वर्ष े उमेर हदबन्दी आफ्नै लागि हटाएका थिए । पार्टीको पहिलो विधान अधिवेशनबाट पारित भएको पालिकादेदि केन्द्रसम्म एकै व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पारित गरेको थियो । तर पार्टीको विधानबाट सो व्यवस्था हटाइएको छ ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले केही नेतालाई पार्टीमा ल्याउनुपर्ने कारण देखाएर १९ जेठ २०८० मा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गर्ने निर्णय भएको बताइन् । तर पार्टी विधानबाटै हटाउने निर्णय भने नभएको उनले बताइन् । पार्टी विधानमा पालिकादेखि केन्द्रसम्म दुई कार्यकाल पदाधिकारी बस्न नपाउने व्यवस्था यथावत नै रहेको थियो ।

तर विधान महाधिवेशनबाट पारित विधानको धारा ६४ को १ नंं बुँदा अहिले गायब भएको हो । एमालेको आधिकारिक वेबसाइटमा राखेको विधानमा उक्त बुँदा देखिएको छैन । उक्त बुँदामा एमालेमा कुनै पनि पदाधिकारी दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउने व्यवस्था थियो ।

एउटै व्यक्ति एउटै पदमा दुई कार्यकाल रहन नपाउने व्यवस्था भए ओलीसहित केही नेता तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा नै गर्न पाउँदैनन् । अध्यक्षमा ओलीको दोस्रो कार्यकाल रहेकाले ११ औ ँ महाधिवेशनबाट उनी तेस्रो कार्यकालका लागि अध्यक्ष हुन पाउँदैनन् । तर विधानमा सो व्यवस्था नभएपछि ओली पनि तेस्रो कार्यकालका लागि आउनसक्ने छन् ।

सोही विषयलाई इंगित गर्दै पोखरेलले पार्टी विधानको ’boutमा बोल्न पाउने विषय खुला गर्नुपर्ने बताए । उमेर हदबन्दी र पदाधिकारीमा दुई कार्यकालभन्दा बढी आउन मिल्ने नमिल्ने ’boutमा विधान महाधिवेशनमा कुरा उठ्ने निश्चित छ । भण्डारी निकट नेताहरू ७० वर्षे उमेर हदबन्दीसहित पदाधिकारीमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्थाको पक्षमा उभिादै आएका छन् । ओली अहिले ७४ वर्ष र भण्डारी ६४ वर्षको भइसकेका छन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending