Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादका माध्यमबाट पूरा हुन्छ: शङ्कर पोखरेल

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज बृहत् पदयात्रा कार्यक्रम गरियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको पदयात्रा थापाथली, माइतीघर, बबरमहल, बानेश्वर हुँदै तिनकुनेमा पुगेर समापन भएको थियो ।

यसअघि उक्त पदयात्रा शुभारम्भ गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले स्व भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादले नेपाली समाजमा रुपान्तरणका लागि महत्त्वपूर्ण योगदान गरेको भनी प्रशंसा गरे ।

उनले भने, “जनताको बहुदलीय जनवाद नेपाली समाजलाई अघि बढाउने उद्देश्यका लागि मार्गनिर्देशन गर्ने विचार रहेको छ, त्यही माध्यमद्वारा ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्यका साथ आफूहरू एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छौँ ।” 

महासचिव पोखरेलले एमालेलाई निर्णायक शक्तिका रूपमा उभ्याउन मिसन ८४ यो अभियानका लागि महत्त्वपूर्ण कडी भएको जनाउँदै सोही माध्यमबाट मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जाने स्पष्ट पारे।

उनले भने, “पार्टी नेतृत्वमा मुलुकलाई युगतर्फ लैजान प्रयत्न भइरहेको छ, नेपाल साधनस्रोतका हिसाबले कमजोर छ, नागरिक सम्पन्नताका हिसाबले कमजोर छ भन्ने भाष्यलाई चिरेर सम्पन्न छ भन्ने कुरा दैलेखमा रहेको ग्यास भण्डारणको अन्वेषणबाट प्रमाणित गरेका छौँ ।” नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादका माध्यमबाट पूरा गर्ने उनले विश्वास दिलाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपडा पसलमा आगलागी हुँदा तीन लाखको क्षति

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । गाउँपालिका-६, कोचाबखारीमा बुधबार राति आगलागी...

आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का...

कालिमाटी काठ विवाद टुङ्गियो

सल्यान। सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्तत: समाधान भएको छ। वन र प्रहरीबिच उत्पन्न...

तीन दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला। हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख म...

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद आकस्मिक बन्द

इस्लामाबाद। अमेरिका–इरानबिच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घो...

उपसभामुखको उम्मेदवारबारे राप्रपामा छलफल जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदका लागि उम्मेदवार चयनबारे छलफलमा जुटेको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ...

१३ दिनपछि छुटे ओली, अस्पतालमै परिवारको जिम्मा लगाइयो

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टरा...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

कालिगण्डकीमा बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending