Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

सोलुदूधकुण्डमा प्राविधिक शिक्षालयका लागि सवा ११ करोडको सम्झौता

खबरडबली संवाददाता

सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र फ्रान्सस्थित सोलु–च्याम संस्थाबिच नुम्बुर बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न पाँच वर्षका लागि ११ करोड २३ लाख ७५ हजार रुपियाँको सहयोग सम्झौता भएको छ । नगरपालिकाकोतर्फबाट नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पा र सोलु–च्यामकोतर्फबाट नेपाल प्रतिनिधि निमा शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता पश्चात नगरप्रमुख शेर्पाले नुम्बुर बहुप्राविधिक शिक्षालयको दिगो सञ्चालनको भरपर्दो आधार तयार भएको भन्दै यसले सोलुदूधकुण्ड नगरपालिका मात्रै नभइ सिङ्गो सोलुखुम्बुमानै प्राविधिक शिक्षामा नयाँ सम्भावनाको ढोका खोलेको बताए । प्राविधिक जनशक्ति उत्पादनको शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धी हुने उनको विश्वास छ ।

सोलुदूधकुण्ड नगरपालिका ७ मा यस अघिनै करिब साँढे तीन करोड ४० लाख रुपियाँको लागतमा आधुनिक प्राविधिक शिक्षालय निर्माण भई पठनपाठन शुरु भएको छ । फ्रान्सेली दातृ निकाय र सोलुदूधकुण्ड नगरपालिकाको लागत साझेदारीमा नुम्बुर प्राविधिक शिक्षालय सञ्चालन भएको हो ।

नगरपालिकाका युवाहरुलाई स्वरोजगार मुलक सीप सिकाई विदेश पलायनबाट रोक्ने उद्देश्यले निर्माण गरिएका आधुनिक र सुविधा सम्पन्न प्राविधिक शिक्षालयमा नि:शुल्क रुपमा पढाउन थालिएको नगर प्रमुख शेर्पाले बताए पहिलो प्राथमिकतामा नगरपालिका र बाँकी जिल्लाभरिका विद्यार्थी भर्ना गरिएको छ । प्लम्बिङ, कुक र हाउस वाईयरिङसम्बन्धी तीन विधामा तत्काल १०र१० जनाका दरले ३० जना विद्यार्थीलाई पढाउन सुरु गरिएको प्राविधिक शिक्षालयका अध्यक्ष निमा शेर्पाले जानकारी दिए।

सिटिईभिटिबाट सम्बन्धन लिइएको तीनवटै कोर्ष दुई बर्षे हुन् । एसइईको परीक्षा दिएका विद्यार्थीहरु आवासीय रुपमा उक्त कक्षामा सामेल भएका छन् । काठमाडौँ र विराटनगरबाट दक्ष प्रशिक्षक ल्याइएको उक्त प्राविधिक शिक्षालयमा सबै विद्यार्थीका लागि खाना बस्नको व्यवस्था मिलाइएको र अबको ६ महिनापछि थप विधामा ३० जना विद्यार्थी भर्ना लिने अध्यक्ष शेर्पाले बताए ।

व्यवसायिक शिक्षा लिनकै लागि लाखौँ खर्च गरेर काठमाडौँ धाउनुपर्ने बाध्यता प्राविधिक शिक्षालय खुलेसँगै कम भएको छ । आफ्ना छोराछोरीलाई गाउँघरमै व्यवसायिक शिक्षा दिन पाउँदा अभिभावकहरुले खुसी भएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending