चितवन। माध्यमिक शिक्षा परीक्षा एसइईमा चितवनबाट ३७ जनाले ४ जिपिए अङ्क प्राप्त गरेका छन् । गत वर्ष १६ जनाले चार जिपिए ल्याएको जिल्लामा अहिले वृद्धि भएर ३७ जना पुगेको शिक्षा विकास तथा समन्वय इकाई चितवनका परीक्षा शाखाका प्रमुख रमेश अधिकारीले जानकारी दिए। कार्यालयका अनुसार यस वर्ष चितवनमा ७३.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५५ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए ।
यस वर्ष प्राविधिक तर्फ ८४ जनासहित सात हजार ८८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ३७ जनाले चार जिपिए अङ्क प्राप्त गरेका छन् । यी सबै साधारण तर्फका विद्यार्थी हुन् । सबैभन्दा धेरै नारायणी नमूना माविका सात जनाले चार जिपिए ल्याएको परीक्षा शाखाका प्रमुख अधिकारीले जानकारी दिए।
नतिजा अनुसार ३।६ देखि चार जिपिए मुनी दुई हजार ५५, ३.२ देखि ३।६ जिपिएसम्म दुई हजार ३३८ जना, २.८ देखि ३.२ जिपिएसम्ममा दुई हजार १९८ जना, २.४ देखि २.८ सम्म एक हजार १७३ जना, २ देखि २.४ सम्म ८५ जना, १.६ देखि २ जिपिएसम्म मात्र एक जना उत्तीर्ण भएको अधिकारीले बताए।
यस्तै दुई हजार ८४३ जना विद्यार्थी ग्रेडमा समावेश हुन असफल भएका छन् । चितवनमा २३५ विद्यालय परीक्षामा सहभागी भएको थियो । परीक्षाफलको सम्पूर्ण विवरण कार्यालयले शनिबार साँझ विश्लेषणसहित प्रकाशित गर्ने तयारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: