Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

असुरक्षित बन्दै सप्तरी, रोकिएन शृङ्खलाबद्ध हत्या

खबरडबली संवाददाता

सप्तरी। सप्तरीमा शृङ्खलाबद्ध हत्याको घटना घटेपछि जिल्लाका सर्वसाधारण असुरक्षित महसुस गर्न थालेका छन् ।

पछिल्लो पटक जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ का छेदीलाल खंगको ३२ वर्षीय छोरा राज कुमार खंगको घाँटी रेटी हत्या गरेको अवस्थामा जिल्लाको राजगढ गाउँपालिका ४ पिप्राहीको पोखरी छेउमा बिहीबार शव फेला परेको छ । किन कसले हत्या गरेको विषयमा अहिलेसम्म खुल्न सकेको छैन । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गत जेठको दोस्रो हप्ता जिल्लाकै सुरूङ्गा नगरपालिका ८ मल्हनमामा पाँचरछ जना डाकाहरुको समूहले गोली र धारिलो हतियार प्रहार गरी स्थानीय ५६ वर्षीय कान्तलाल चौधरीको हत्या गरेका थिए । उनको भाई पर्नेले भागेर ज्यान जोगाएको थिए ।

सप्तरी प्रहरीले खंग र चौधरीको हत्याको विषयमा थप अनुसन्धान गर्न र दोषीलाई पक्राउ गर्न तालिम प्राप्त कुकुरको सहयोग लिए पनि अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन ।  गत वैशाख १ गते राति घरबाटै बेपत्ता भएकी सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी २० वर्षीया पूजाकुमारी राम भोलिपल्ट शङ्कास्पद अवस्थामा मृत भेटिएको थिए। घरबाट तीन सय किलोमिटर पर हत्या गरेर फालिएको अवस्थामा फेला उनको शव फेला परेको थियो ।

घरबाटै बेपत्ता पूजाको हत्या भए पनि अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन ।

सप्तरीमा एकपछि अर्को हत्याको घटना हुँदासमेत अपराधी पक्राउ पर्न नसक्दा सर्वसाधारण त्रसित भएको स्थानीयको भनाइ छ ।

पछिल्लो चार वर्षमा ५५ कर्तव्य ज्यानको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा १० वटा कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ । जसमध्ये ६ पुरूष र चार महिला छन् ।

आ।व २०८०/०८१ मा १७ मुद्दा दर्ता भएको छ । जसमध्ये ११ पुरूष र ६ महिला छन् । २०७९/०८० मा पनि १४ मुद्दा दर्ता भएकोमा आठ पुरूष र ६ जना महिला छन् । यसैगरी, २०७८/०७९ मा पनि १४ मुद्दा दर्ता भएकोमा नौ पुरूष र पाँच महिला छन् ।

घटनामा संलग्न ५८ जना प्रतिवादी पक्राउ परेका छन् । ५४ जना प्रतिवादी अझै फरार रहे पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवम् प्रवक्ता जितेन्द्र बस्नेत जानकारी दिएको छन् ।
 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा केहीबेरमा आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending