फुङलिङ। ताप्लेजुङमा असारयता हवाई उडान ठप्प भएको छ । जिल्लाको एकमात्र विमानस्थल सुकेटार विमानस्थलमा असार लागेसँगै हवाई उडान ठप्प भएको हो ।
चार महिना बन्द भएर चैत अन्तिम सातादेखि पुन सञ्चालनमा आएको हवाई उडान जेठ ३० गतेदेखि थप उडान हुन सकेको छैन । साताको सोमबार र शुक्रबार दुई दिन उडान हुँदै आएको सुकेटार विमानस्थलमा हुस्सु(कुहिरो लागेर भिजिबिलिटी कम भएकाले उडान बन्द भएको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार असार यता चार ओटा उडान प्रभावित भएका छन् ।
बर्खायामको सिजन सुरु भएसँगै प्रतिकुल मौसमका कारण उडान हुन नसकेको इन्चार्ज कार्कीको भनाइ छ ।
हाल नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ गर्दै आइरहेको छ । आजका लागि ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्न र काठमाडौंबाट ताप्लेजुङ आउन तीन–तीन जना यात्रुले टिकट लिएका थिए । तर भिजिबिलिटी कम भएकाले उडान नहुँदा गन्तव्य पुग्नुपर्ने यात्रु प्रभावित भएका छन् ।
मौसम तथा प्राविधिक कारण नियमित उडान नहुँदा आवतजावत गर्ने यात्रुको सङ्ख्यामा समेत कमी आउन थालेको निगमले जनाएको छ । टिकट लिएर पनि ढुक्क भएर गन्तव्यमा पुग्न सकिने वातावरण नभएकाले सवारी साधनबाट नै लामो समय खर्चिएर जिल्लावासीहरू यात्रा गर्न बाध्य भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: