Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

खबरडबली संवाददाता

पोखरा। विशेषत: जुन, जुलाई र अगस्टलाई पोखरामा पर्यटकको बेमौसम (अफ सिजन) का रूपमा लिने गरिएको छ । यो समयमा मनसुनजन्य गतिविधि बढ्ने भएकाले पर्यटकको आगमन कम हुने गर्दछ ।

यो यामलाई लक्षित गरी पोखरा आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सव यतिखेर पर्यटकलाई आकर्षित गर्ने महत्त्वपूर्ण गतिविधि बनेको छ ।  ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ प्रत्येक वर्षको असार १५ गते पोखरा पर्यटन परिषद्ले गर्दै आएको असारे रोपाइँ महोत्सव यस वर्षसम्म आइपुग्दा २० औँ संस्करणमा पुगिसकेको हो ।

परिषद्ले वि.सं २०६१ देखि बर्सेनि असारे रोपाइँ महोत्सव गर्दै आएको हो । प्रत्येक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेर पोखराका पर्यटन सम्बद्ध संस्थाको छाता सङ्गठन परिषद्ले गर्दै आएको यो महोत्सव पोखराको महत्त्वपूर्ण पहिचान बनिसकेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

‘पोखराको पर्यटनमा अफ सिजनका रूपमा रहेको यो समयमा गर्ने गरिएको असारे रोपाइँ महोत्सवले केही दिनका लागि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पुर्‍याएको छ’, उनले भने ।

पछिल्ला वर्षमा यही महोत्सवलाई लक्षित गरी आएका पर्यटकको बसाइँ बढ्नुका साथै यहाँ आउनेक्रम पनि बढ्दै जान थालेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

परिषद्ले हरेक वर्ष पोखरा क्षेत्रका विभिन्न ठाउँमा रोपाइँ महोत्सव गर्दै आएकामा यस वर्ष हुने २० औँ संस्करण पोखरा महानगरपालिका–२६ स्थित लेखनाथको गुँदेताल ९तालबेँसी० क्षेत्रमा गरिने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए । उनका अनुसार परिषद्को आयोजनामा हुने यस महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूहले गरेको छ ।

महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुग्नुका साथै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायत उद्देश्य राखिएको उनले बताए । 

महासचिव सापकोटाका अनुसार महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मानलगायत विभिन्न कार्यक्रम राखिएको छ । महोत्सवमा विभिन्न देशका करिब २५० जना विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने उनले जानकारी दिए । 

‘पर्यटनको बेमौसमका रूपमा रहेको यस समयमा गर्दै आइएको महोत्सवले केही न केही पर्यटकको आगमन बढाएको छ’, उनले भने, ‘यही रोपाइँ महोत्सवलाई लक्षित गरेर यहाँ बसिरहेका पर्यटकले आफ्नो बसाइँलाई केही दिन लम्ब्याउने गरेका पर्यटन व्यवसायीबाट जानकारी प्राप्त भएको छ ।’ 

असारे रोपाइँ महोत्सव पर्यटनको बेयामका समयमा पनि उपयोगी बन्दै गएको उनले बताए । यस संस्करणको महोत्सवको प्रवर्द्धकका रूपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड रहेका छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य सङ्घले सहकार्य गरेका छन् । 

महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending