Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

हङ्गेरीमा एकैदिन १० हजारभन्दा बढी आप्रवासी प्रवेश

\"refugee\"बुडापेष्ट । बुधबारमात्र हङ्गेरीमा १० हजार जनाभन्दा बढी आप्रवासी प्रवेश गरेका छन् । यसलाई हङ्गेरीको इतिहासमा नै सबैभन्दा धेरै आप्रवासीको प्रवेश भनी टिप्पणी गरिएको छ । क्रोएसिया भएर ती आप्रवासी हङ्गेरी प्रवेश गरेका यहाँका सरकारी निकायले जानकारी दिएका छन् । बिहीबार हङ्गेरियन प्रहरीले यस विषयमा जानकारी दिएको हो । हङ्गेरीको प्रहरीले उत्तरी युरोपबाट बाल्कान हँुदै यसरी आप्रवासीहरु प्रवेश गर्ने गरेको समाचारमा जनाइएको छ । बुधबार हङ्गेरी प्रवेश गरेकामध्ये करिब नौ हजार ९३९ जना क्रोएसियाबाट र अरु १०२ जना सर्वियाबाट प्रवेश गरेका हङ्गेरियन अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यसअघि सेप्टेम्बर १४ मा हङ्गेरीमा नौ हजार ३८० जना आप्रवासी प्रवेश गरेका थिए । त्यसपछि बुधबार नै यहाको इतिहासमा सबैभन्दा धेरै आप्रवासी आएका हुन् । पछिल्लो समयमा युरोपमा आप्रवासीहरुको प्रवेश एक प्रमुख चुनौतीका रुपमा देखिएको छ । सोही कारण पनि शरणार्थीसम्बन्धी नीतिमा युरोपले पुनरावलोकन गर्ने पनि बताउँदै आएको छ । फ्रान्सले थप शरणार्थी लिने यसैबीच एक अर्को समाचारअनुसार फ्रान्सले थप शरणार्थी लिने कुरा सार्वजनिक गरेको छ । तर त्यस समाचारमा उसले लिने भनेका नयाँ थप शरणार्थीको सङ्ख्याका बारेमा भने केही पनि बताइएको छैन । फ्रान्सले यसअघि गत महिनामात्र पनि कम्तीमा पनि २४ हजार जना शरणार्थी लिने जनाएको थियो । आफ्नो देशमा त्यति शरणार्थीको आवेदन लिने र उनीहरुलाई शरण दिने उसले जनाएको हो । पछिल्लो समयमा युरोपेली देशहरुमा शरण माग्नेहरुको भीडभाड बढ्न थालेको छ । जसका कारण कैयौँ देशले यसबारेमा आआफ्नो नीति अख्तियार गर्नुपर्ने भएको छ । यही पृष्ठभूमिमा फ्रान्सले पनि सो बारेको नीतिक घोषणा गरेको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending