दरबाङ। म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित पालिकाको गाउँसभाको १७ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षका लागि ४६ करोड दुई लाख तीन हजार रुपियाँ बजेट र आर्थिक विद्येयक २०८२ छलफल सहित सभाले पारित गरेको छ ।
यसैगरी, गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पनि सभाले पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए। उपाध्यक्ष घर्ती मगर पुनका अनुसार, कुल बजेट मध्ये चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगत तर्फ १३ करोड सात लाख १९ हजार रुपियाँ विनियोजन गरिएको छ ।
सङ्घीय सरकार समानिकरण अनुदान आठ करोड ८३ लाख, सङ्घीय सरकार सशर्त अनुदान (चालु) २० करोड ६३ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँड आठ करोड ७० लाख ४१ हजार, सङ्घीय सरकार सशर्त पुँजीगत)अनुदान ६ लाख, सङ्घीय सरकार विशेष ९पुँजीगत) अनुदान ८० लाख, सङ्घीय सरकार समपुरक अनुदान एक करोड १० लाख, गण्डकी सरकार समानीकरण अनुदान एक करोड सात लाख २२ हजार, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड ८५ लाख ८९ हजार, गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार, गण्डकी सरकार समपुरक अनुदान ६० लाख, पालिकाको आन्तरिक आय (सेवा शुल्क, दस्तुर, रोयल्टी र अन्य तथा अनुमानित संचित कोष अल्या हुने रकम दुई करोड रुपियाँ गरी कुल ४६ करोड दुई लाख तीन हजार रुपियाँ अनुमानित आय रहेको छ ।
भने सशर्त (चालु) २० करोड ६३ लाख, सशर्त (पुँजीगत)कुमलघोर झोलुङ्गे पुल निर्माण ६ लाख, सङ्घीय सरकार समपुरक अनुदान (पुँजीगत) एक करोड १० लाख, सङ्घीय सरकार विशेष अनुदान (पुँजीगत)तर्फ दरबाङ बजार संरक्षण ८० लाख, गण्डकी प्रदेश सरकार समपुरक अनुदान (पुँजीगत) ६० लाख, गण्डकी प्रदेश सकार विशेष अनुदान (पुँजीगत) ३४ लाख ५१ हजार, गाउँपालिकाका वडा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च वडा कार्यालय सञ्चालन खर्च समेत ११ करोड ८१ लाख ३५ हजार, विषयगत शाखाकाअन्तर्गतको कार्यक्रम ४५ लाख, पालिका स्तरीय योजना तथा कार्यक्रम दुई करोड ७२ लाख १७ हजार, वडागत योजना तथा कार्यक्रम पाँच करोड ४५ लाख, लागत सहभागिता–समपुरक कोषमा ८८ लाख, निजी आवास पुनर्निर्माण साझेदारी १५ लाख र आकस्मिक विपद् कोष एक करोड रुपियाँ व्यय रहेको छ ।
चालु आर्थिक वर्षको कुल बजेट ५० करोड तीन लाख ७६ हजार रुपियाँमा हालसम्म चालुतर्फ २१ करोड ३६ लाख २३ हजार र पुँजीगत तर्फ चार करोड ६४ लाख ३३ हजार गरी कुल २६ करोड ५६ हजार रुपियाँ खर्च भएको छ । विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, सडक, अधुरा रहेका योजनालाई पूर्णता दिन, खानेपानी, सिँचाइ, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष गर्बुजाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १०:५०
दमक। झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। ...
आषाढ़ १८ गते, २०८३ - १०:३०
काठमाडौं। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ। परिषद्का सचिव मोह...
आषाढ़ १८ गते, २०८३ - १०:१६
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थ...
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...



प्रतिकृया लेख्नुहोस्: