काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको अवरोध खोल्ने गरी सत्तापक्षसँग भएको २ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर अवरोधका बीच चलाउनु सही नभएको बताउँदै माओवादीले सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच जेठ ३० मा भएको दुई बुँदे सहमतिअनुसार छानबिन समिति गठन गर्न माओवादीले माग गरेको हो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने भिजिट भिसाबारे संसद्मा आवाज उठिरहेको छ । वेलमा माननीयहरू उठिरहनुभएको छ । सरकारसँग हामीले दुईबुँदे पनि गर्यौं तर समस्या अहिलेसम्म पनि समाधान भएको छैन,' पाण्डेले भने, 'म सरकारलाई अविलम्ब यो राष्ट्रिय समस्या हो, आम जनताको समस्या हो, यो सुशासनसँग सम्बन्धित विषयवस्तु हो । यो भ्रष्टाचारलाई अन्त्य गर्नका लागि चालिएको विषयवस्तु भएको हुनाले अविलम्ब छानबिन समिति, जुन सरकारले एक महिनाभित्र हामी गर्छौं भनेर गृहमन्त्रीले रोष्ट्रबाट बोल्नुभएको छ । त्यो गठनमा ढिलो नगर्नका लागि आग्रह गर्दछु ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...
आषाढ़ ११ गते, २०८३ - १३:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...
आषाढ़ ११ गते, २०८३ - १२:५५
काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...
आषाढ़ ११ गते, २०८३ - १२:४२
धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँ...
आषाढ़ ११ गते, २०८३ - १२:३२
काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको ...



प्रतिकृया लेख्नुहोस्: