Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अवरोध जारी राख्ने रास्वपाको सूचना, सभामुखले भने- अब संसद रोक्ने अवस्था छैन

खबरडबली संवाददाता

काठमाडौं । सभामुखलेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । त्यसअगाडि सभापति अर्याल र प्रमुख सचेतक परियारले सभामुखसँग भेटेका थिए ।

सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेताद्वय अर्याल र परियारले आफूहरूको माग सम्बोधन नभएकाले अवरोध जारी रहने सूचना दिएका हुन् ।

जवाफमा सभामुख घिमिरेले विपक्षीले उठाएको विषय गम्भीर रहेको बताए । तर, अब संसदमा अवरोध जारी राख्ने वातावरण नभएको बताएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुखले भनेका छन्, ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ ।’तथापि, विपक्षीले उठाएका मुद्दा गम्भीर रहेको सभामुखले दोहोर्‍याएको उनको सचिवालयले जनाएको छ । रास्वपालाई सभामुखको सन्देश छ, ‘गम्भीर विषय भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ । पालिकाभर दुई हजार ६५...

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ जना घाइते

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट का...

थारु राजा दंगीशरणको दरबार पुन: उत्खनन सुरु

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका ११ सुकौराकोटस्थित थारु राजा दंगीशरणको भग्नावशेष दरबारमा पुन: उत्खनन कार्य सुरु गरिएको छ । पुरातत्व विभाग, काठमाडौँक...

श्रममन्त्रीबाट बर्खास्त भएपछि पत्नीको प्रतिक्रिया: अब यो देशमा सुशासन कसले ड्राइभ गर्ने हो?

काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...

जनताको सन्तुष्टिलाई ध्यान दिएर सेवा प्रवाह गर्न सभामुख अर्यालको आग्रह

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनु...

५० उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...

सैनिक आचरण भित्र रहन नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...

पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन प्रशासनको आग्रह

हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending