बैतडी। जेठ दोस्रो सातादेखि बेलाबेला पानी पर्दा किसानलाई धान रोपाइँमा सहज भएको छ । असार सुरु हुँदा जिल्लामा १८ दशमलव ३२ प्रतिशत रोपाइँ भएको छ ।
मौसम अनुकूल हुँदा यसपाली समयमै धमाधम रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए। जेठ १५ गतेदेखि असारसम्म रोपाइँका लागि उत्तम समय मानिएकाले समयमै वर्षा हुँदा बैतडीका किसान खुसी भएका र धमाधम रोपाइँ गर्न थालेको प्रमुख जोशीले बताए।
आकाशे पानीले सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ गर्न सहज भएकाले यस वर्ष बेलैमा धान रोप्न पाइएको सूर्नया गाउँपालिका–४ का किसान हरिसिंह महराले बताए। यसपाली आकाशे पानीकै भरमा रोपिने बारीमा पनि धान रोप्न थालिएको सूर्नया गाउँपालिका–४ का किसान जगदीश बिष्टले बताए।
‘‘साउनमा रोपिने खेतमा पनि यो वर्ष अहिले नै रोपाइँ भइरहेको छ । राम्रो सिँचाइ भएका ठाउँमा त रोपो हरियो भइसकेको छ,’’ उनले भने, ‘‘दिनदिनै पानी पर्दा मकै गोड्न समस्या भए पनि धान रोप्न सजिलो भएको छ ।’’
वर्षा हुने क्रम जारी रहेकाले चाँडै रोपाइँ सकिने र अन्य कुराले असर नगरे धान उत्पादन पनि बढ्ने कृषि ज्ञान केन्द्र प्रमुख जोशीले बताउछन् । वर्षा भएसँगै रोपाइँ गर्न चटारो परेको बैतडीको पाटन नगरपालिका–३ का राजेन्द्रसिंह बिष्टले बताए।
सिँचाइ सुविधा भएको ठाउँमा रोपाइँ अन्तिम तिर पुगेको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम रोपाइँ भइरहेको बिष्टले बताए। उनले भने, ‘‘वर्षा नभएको वर्ष समयमै रोपाइँ गर्न सकिँदैन, तर यो वर्ष समयमै वर्षा भएकाले हाल रोपाइँको चटारो छ गाउँका सबै मान्छे रोपाइँमा व्यस्त छौं ।’’
बैतडीमा जेठको सुरुमै लगाइने मकै, भटमासलगायतका वर्षे बाली यो वर्ष राम्रै अवस्थामा हुर्किरहेको किसानहरु बताउँछन् । बैतडीको पाटन, मेलौलीको सलेना क्षेत्र, डिलाशैनी सिमार, बाङ्गाबगर, सिगास गाउँपालिकाको ढुङ्गाड क्षेत्र, शिवनाथको शर्माली क्षेत्र, पन्चेश्वरको महाकाली क्षेत्र, सूर्नयाको बरायल क्षेत्र, दोगडाको पन्ज्युनयाँ क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालगायतका विभिन्न क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।
बैतडीमा कुल खेतीयोग्य जमिन ३१ हजार चार सय ८५ हेक्टरमध्ये पाँच हजार एक सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: