बैतडी। जेठ दोस्रो सातादेखि बेलाबेला पानी पर्दा किसानलाई धान रोपाइँमा सहज भएको छ । असार सुरु हुँदा जिल्लामा १८ दशमलव ३२ प्रतिशत रोपाइँ भएको छ ।
मौसम अनुकूल हुँदा यसपाली समयमै धमाधम रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए। जेठ १५ गतेदेखि असारसम्म रोपाइँका लागि उत्तम समय मानिएकाले समयमै वर्षा हुँदा बैतडीका किसान खुसी भएका र धमाधम रोपाइँ गर्न थालेको प्रमुख जोशीले बताए।
आकाशे पानीले सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ गर्न सहज भएकाले यस वर्ष बेलैमा धान रोप्न पाइएको सूर्नया गाउँपालिका–४ का किसान हरिसिंह महराले बताए। यसपाली आकाशे पानीकै भरमा रोपिने बारीमा पनि धान रोप्न थालिएको सूर्नया गाउँपालिका–४ का किसान जगदीश बिष्टले बताए।
‘‘साउनमा रोपिने खेतमा पनि यो वर्ष अहिले नै रोपाइँ भइरहेको छ । राम्रो सिँचाइ भएका ठाउँमा त रोपो हरियो भइसकेको छ,’’ उनले भने, ‘‘दिनदिनै पानी पर्दा मकै गोड्न समस्या भए पनि धान रोप्न सजिलो भएको छ ।’’
वर्षा हुने क्रम जारी रहेकाले चाँडै रोपाइँ सकिने र अन्य कुराले असर नगरे धान उत्पादन पनि बढ्ने कृषि ज्ञान केन्द्र प्रमुख जोशीले बताउछन् । वर्षा भएसँगै रोपाइँ गर्न चटारो परेको बैतडीको पाटन नगरपालिका–३ का राजेन्द्रसिंह बिष्टले बताए।
सिँचाइ सुविधा भएको ठाउँमा रोपाइँ अन्तिम तिर पुगेको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम रोपाइँ भइरहेको बिष्टले बताए। उनले भने, ‘‘वर्षा नभएको वर्ष समयमै रोपाइँ गर्न सकिँदैन, तर यो वर्ष समयमै वर्षा भएकाले हाल रोपाइँको चटारो छ गाउँका सबै मान्छे रोपाइँमा व्यस्त छौं ।’’
बैतडीमा जेठको सुरुमै लगाइने मकै, भटमासलगायतका वर्षे बाली यो वर्ष राम्रै अवस्थामा हुर्किरहेको किसानहरु बताउँछन् । बैतडीको पाटन, मेलौलीको सलेना क्षेत्र, डिलाशैनी सिमार, बाङ्गाबगर, सिगास गाउँपालिकाको ढुङ्गाड क्षेत्र, शिवनाथको शर्माली क्षेत्र, पन्चेश्वरको महाकाली क्षेत्र, सूर्नयाको बरायल क्षेत्र, दोगडाको पन्ज्युनयाँ क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालगायतका विभिन्न क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।
बैतडीमा कुल खेतीयोग्य जमिन ३१ हजार चार सय ८५ हेक्टरमध्ये पाँच हजार एक सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...


प्रतिकृया लेख्नुहोस्: