Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

ढोरपाटन सडक सञ्जालमा जोडियो

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दुरीको सडक पनि हो ।  

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि –२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।  “मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ करिब नौ किलोमिटर सडकको ट्याक निर्माण भएको छ । ढोरपाटनबाट जलजलासम्म पनि १० किमी कच्ची सडक यसअघि नै जोडिएको थियो,” उनले भने, “डोजर जलजला पुगे पनि स्तरोन्नतिको काम सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न सकिन्छ ।”

बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना–खोरिया–मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने बताए । 

उनका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्छ । धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले तीन वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो । 

बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए । 

मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरा बसपार्कको सुकुमबासी मुद्दामा मेयर–सांसदबीच जुहारी

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...

१० वर्ष बित्दा पनि बनेन रसुवागढीको एकीकृत भन्सार भवन, अन्तिम चेतावनीपछि ठेक्का तोड्ने तयारी

रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...

देवानगञ्ज घटनाको प्रभाव विराटनगरसम्म: सुरक्षा चिन्ताले विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...

देवानगञ्ज घटनामा बाबुरामको चिन्ता: देशलाई अस्थिरताको भूमरीमा फस्न नदिन संयम अपनाऔँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending