काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्थायी शिक्षक–कर्मचारीलाई दक्षता अभिवृद्धि गर्न उपलब्ध गराइएको अध्ययन बिदाबापतको सहुलियत दुरूपयोग भएको पाइएको छ। त्रिविले शिक्षक तथा कर्मचारीलाई पेसागत वृत्ति विकासका लागि २०३७ सालदेखि तलबसहित पाँच वर्ष अध्ययन बिदा दिँदै आएको छ। शिक्षक–कर्मचारीले सुविधाका रूपमा पाएको उक्त बिदाको दुरुपयोग गरेपछि त्रिविले खोज समिति गठन गरी तथ्यांक संकलन गरेको छ।
त्रिविले गत फागुन ९ गते सहप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा ‘अध्ययन बिदा बसेर नफर्केका शिक्षकरकर्मचारी खोज समिति’ गठन गरेको थियो। समिति तीन सदस्यीय छ। समिति सदस्यहरूमा त्रिवि समन्वय माहाशाखाका प्रमुख दीपक तिवारी र कृष्णहरि आचार्य छन्। समितिका संयोजक काफ्लेले तीन महिना लगाएर गरेको खोजीपछि सुझावसहित प्रतिवेदन शुक्रबार त्रिविका निमित्त उपकुलपति प्राध्यापक डा. खड्ग केसी, शिक्षाध्यक्ष प्राध्यापक डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्राध्यापक डा. केदार रिजाललाई बुझाएका छन्।
समितिले त्रिविका ४० विभाग र ६२ आंगिक कलेजमा स्थायी शिक्षकरकर्मचारीको २०३७ सालदेखिकै अध्ययन बिदा संकलन गरी अनुसन्धान गरेको थियो। संयोजक काफ्लेले बुझाएको प्रतिवेदनमा एक सय ८७ जना शिक्षकरकर्मचारी पाँच वर्षे अध्ययन बिदामा विदेशमा गएको र अध्ययनपछि त्रिविमा नफर्केको उल्लेख गरिएको छ।
यसैगरी दुई सय १३ जना शिक्षकरकर्मचारी अध्ययन बिदा बसेको तर उनीहरूले उत्तीर्ण प्रमाणपत्र पेस नगरेको फेला परेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: