Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

अहिलेको चुनावी प्रणालीमा निष्ठाको राजनीति गर्ने स्थान छैनः पूर्वमन्त्री शर्मा

चुनावमा धारापानी कबुल गरेर कानून बनाउनुपरेको छ

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वसञ्चारमन्त्री रेखा शर्माले अहिलेको चुनावी पद्धति खराब भएको बताएकी छन् । उनले भनिन्, ‘अहिलेको चुनावी प्रणालीमा निष्ठाको राजनीति गर्ने स्थान छैन ।’

महान्यायाधिवक्ताको कार्यालयको अडिटोरियम हलमा शनिबार भएको एक कार्यक्रममा बोल्दै उनले चुनाव खर्चिलो भएको र चुनावमा भन्ने एक र जितेर आएपछि गर्ने अर्को थोकको पेलान भएको बताइन् ।

‘जनतालाई चुनावमा धारापानी कबुल गरेर कानून बनाउनुपरेको छ’, शर्माले भनिन्, ‘शक्ति पृथकीकरणको सिद्धान्तले पनि व्यवस्थापिका र कार्यपालिका फरक छन् । सांसदले मन्त्री वा प्रधानमन्त्री बन्न नपाउनेमात्रै कानून बनाउनुपर्ने खालको चुनावी प्रणाली आवश्यक भएको छ ।’

उनले कार्यकारी प्रमुखदेखि मुख्यमन्त्रीसम्म प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । केन्द्रको गठबन्धन तलमाथि हुँदा प्रदेश ढल्ने हुन नहुने उनको भनाइ छ ।

शर्माले जस्तै रास्वपा सांसद सुमना श्रेष्ठले पनि नेपालमा जनप्रतिनिधिहरु धेरै भएको भन्दै चुनवी प्रणालीमा समस्या औंल्याइन् । उनभनिन्, ‘यति धेरै जनप्रतिनिधिहरु किन चाहियो रु बुथ कब्जा गरेको न्यायिक निरुपण तीन महिनामा हुने हो भने चुनावी समस्या समाधान हुन्छन् ।’

नेकपा एमालेका सांसद ठाकुर गैरेले भने फरक मत राखे । उनले चुनावी परिणाम प्रत्यक्ष वा समानुपातिक हुँदैमा सही नतिजा आउने प्रत्याभूति नहुने बताए ।

अहिले धेरै सांसद समानुपातिक भएको र सबै स्थानीय तहमा प्रत्यक्ष चुनाव भएको भन्दै दुईमा एकमात्रै लाएमा समस्याहरु समाधान गर्न सकिने कुरामा विश्वास नहुने उनको भनाइ छ ।

नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पनि चुनावी प्रणाली फरक हुनुपर्ने भन्दै दलको आन्तरिक लोकतन्त्र बलियो बनाउने र एकै चुनाव क्षेत्रमा सीमान्तकृत समुदायलाई तान्न बहुसदस्य निर्वाचन हुनुपर्ने बताइन् ।

महान्यायाधिवक्ता रमेश बडालले चुनावी प्रणाली फेरेरमात्रै समस्याको समाधान नहुने भन्दै भएकै प्रणालीलाई सुधार गरेर जनताको हितमा काम गर्नुपर्ने बताए ।

पूर्वप्रमुख निर्वाचत आयुक्त नीलकण्ठ उप्रेतीले भने नेपालमा दक्षिण अफ्रिकाको जस्तै सात प्रदेश भएको भन्दै नेपालमा दक्षिण अफ्रिकाकै जस्तो पूर्ण समानुपातिक सांसदहरु चयन हुनुपर्ने बताए । त्यसो गरेमा अहिले ६–७ अर्बको राज्यको खर्च लाग्ने चुनाव आधा रकममै गर्न सकिने उप्रेतीले बताए । उन थपे, ‘अहिलेको चुनाव पूर्ण मिश्रित होइन । यो त समानान्तर मिश्रित हो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending