ललितपुर । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा भएको उक्त कार्यक्रममा दुई सय भन्दा बढी यातायात श्रमिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको सामाजिक संस्था महावीर हेल्थ फाउण्डेसन, इनोभा हस्पिटल, लाजिम्पाट, काठमाडौं, लोमस फर्मास्यूटिकल्स, माइक्रो ल्याब्स् लिमिटेडको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख अतिथि सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कार्यक्रममा बाल्दै विशेष दिन रक्तदाता दिवसको अवसर पारेर आयोजना भएको कार्यक्रम भन्दै आयोजक संस्था तथा सहकार्य गर्ने संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा बोल्दै महावीर हेल्थ फाउण्डेसनका अध्यक्ष दिपक भट्टाचार्यले विगतमा १२८ वटा स्वास्थ्य शिविर सम्पन्न गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा निशुल्क रुपमा दक्ष चिकित्सकहरुबाट मुटु तथा मधुमेह रोगको जाँच, रक्त परिक्षण, औषधी वितरण गरियो । सो अवसरमा ७८ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै इनोभा हस्पिटल, लाजिम्पाटका डाइरेक्टर डा. प्रिन्स रौनियारले दक्ष चिकित्सकहरुको सहभागितामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएका कारण सहभागीहरुको उल्लेख्य सहभागीतामाझ सफलतापूर्वक सम्पन्न भएको बताए।
लोमस फर्मास्यूटिकल्सका बजार निर्देशक ओम नारायण शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रममा सहकार्य गरिएको बताए।
माइक्रो ल्याब्स् लिमिटेडका प्रबन्धक सन्तोष चक्रवर्तीले यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने उल्लेख गरे ।
स्वतन्त्र यातायात श्रमिक संगठनका अध्यक्ष दिपक खड्काले बढी भन्दा यातायात क्षेत्रमा कार्यरत श्रमिकहरु स्वास्थ्य शिविरबाट लाभान्वित भएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: