Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

वन कार्यालय प्रमुखकै सेटिङमा ऐलानी जग्गा उत्खनन

खबरडबली संवाददाता

सिरहा । सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ। 

ऐलानी तथा सामुदायीक वनका जग्गाहरुमा ग्राभेल माफियाहरुले रातीको समयमा वनका कर्मचारी तथा प्रहरी प्रशासनसँगको मिलेमतोमा ग्राभेल उत्खनन गरीरहेको पाइएको हो।   

गए राति गोलवजार नगरपालिका २ मुक्सारबाट सामुदायीक वन तथा ऐलानी जग्गाहरुबाट अवैध रुपमा उत्खनन गर्ने जेसिभि एकथान र एक थान ट्रिफरलाई अवैध रुपमा ग्राभेल उत्खन्न् गर्ने क्रममा वन कार्यालयले नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिएका उक्त जेसिभि र स १ त ८३६ नम्वरको ट्रिफरलाई शुक्रवार वन वा ऐलानी जग्गाको अनुसन्धान नै नगरी सव डिभिजन कार्यालय गोलवजार चोहर्वाका कार्यालय प्रमुख  आवेद हुसेनले छोडि दिएका छन् ।

कार्यालय प्रमुख आवेदले मोटो रकम लिएर निजि अवादी जग्गा रहेको भन्दै जरिवानाका लागी जिल्ला समन्वय समितिलाई चिट्ठी पठाइएको जनाइएको छ।

कार्यालय प्रमुख हुसेनले ग्राभेल उत्खननको क्रममा पक्राउ गरेको जेसिभि र ट्रिफर साहु स्थानिय ठेक्केदार विजय साहसँग आर्थिक चलखेलगरी निजि अवादीको झुठा कागज गरी जेसिभि, ट्रिफर र ड्राइभरलाई समेत छोडिएको प्रत्यक्षदर्शीहरु बताउँछन्। 

ठेक्केदार साह विगत ७ वर्षदेखि यी क्षेत्रहरुका ऐलानी पर्ति तथा सामुदायीक वनको जग्गाहरुबाट स्थानिय जनप्रतिनिधि तथा वनकर्मचारीहरुकै सेटिङमा प्राकृतिक स्रोतमाथी व्यापक दोहन गरिरहेको प्रत्यक्षदर्शीहरुको भनाई छ। 

रातीको समयमा अबैध रुपमा ग्राभेल तथा खोलाको समेत वालुवा गिट्टी चोरी निकासि गरेको बारे सम्वन्धित निकायलाई जानकारी गराउँदा समेत उत्खन्न् भन्ने नरोकिएको स्थानिय शिव थापाको गुनासो छ।

उनी भन्छन्, ‘राती उत्खनन भैरहेको कुरा वन, स्थानिय प्रहरी र सम्वन्धित निकायका सबैलाई जानकारी गराउँदा समेत उत्खनन वेरोकटोक चलिरहन्छ।

गत राति वनले नियन्त्रणमा लिएका गाडी साहु विजय साहले वनका कर्मचारीहरुलाई महिनवारीकै रुपमा मोटो रकम बुझाउने गरेको उनको दावी छ।

पछिल्लो सात वर्षदेखि ग्राइभेल माफियाहरुले यो क्षेत्रको करिव विसौ विघा जमिनबाट नियामक निकायकै मिलेमतोमा अवैध रुपमा प्राकृतीक स्रोत नै मासिने गरी व्यापक उत्खनन् गरेको स्थानिय राम प्रकाश यादबले बताए।

उनले भने, ‘सिरहाका नियामक निकायका पदाधीकारीहरु नै विकाउ भएपछि ग्राइभेल माफियाहरुले यस क्षेत्रमा एकछत्रीय राजनै चलाएको छ।’

यता, सोही विषयमा सव डिभिजन कार्यालय प्रमुख आवेद हुसेनलाई ऐलानीबाट उत्खन्न् गरीरहेको अवस्थामा जेसिभि र ट्रयाक्टर समात्नु भएको हो ? भनि प्रश्न गर्दा उनले भने ‘ ऐलानी वा निजि भन्ने यकिन गर्न सकिएन तर स्थानियहरुको भनाइ अनुसार पक्राउ गरिएका जेसिभि र ट्रिफर चाँही निजि जग्गामा माटो सम्याउने काम गरिरहेको थिायो । ट्रिफरमा लोड केहि थिएन र पनि हामीलाई स्थानियले दवाव दिएपछि ती दुईगाडी नियन्त्रणमा  लिएका थियौं तर भोली पल्ट एकजना स्थानियले यो मेरो जग्गा हो भनी दावी गरेकोले जेसिभि र ट्रिफरलाई जरिवाना काट्न लगाएर छोडिएको स्विकार गरे।’ 

तर, डिभिजनल वन कार्यालयबाट आएका एकवजा वनकै कर्मचारीले भने, ‘खेत सम्याउन ट्रिफरको आवश्यक्ता नै पर्दैन। सव डिभिजनका प्रमुख जावेद हुसेनको दावीलाई उनले उहाँले भनेको यो सवै झुठो हो। कार्यालय प्रमुख हुसेनले मोटो रकम लिएर ऐलानी जग्गालाई निजि वनाइएको हो। यसमा उनको सेटिङ रहेको उनले पनि दावी गर्छ। यो सेटिङ विना सम्भव नै छैन्।’

उक्त क्षेत्र बाट व्यापक रुपमा वनको र ऐलानीपर्तीहरु फडानीगरी ग्राभेल उत्खन्न् भैईरहेको सव डिसभजन कार्यालय चोहर्वा र इलाका प्रहरी कार्यालय मातहत मुक्सार प्रहरीचौकीमा पटक–पटक जानकारी गराउदाँ समेत समयमा प्रहरीहरु नआउनाले पनि   सेटिङ रहेको पुष्टि गर्छ। 

सिरहाको उत्तरी चुरे क्षेत्रमा हुने अवैध उत्खनन्ले स्थानियहरु त्रसित बनिसकेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा चुनावी खर्च प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending