काठमाडौँ । चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक भएसँगै अदालतमा मुद्दा खेपिरहेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा उपयुक्त समयमा छिट्टै अदालतमा उपस्थित भएर कानुनी लडाइ लड्ने बताइएको छ ।
मिश्र हाल स्वास्थ्य लाभ र विश्रामका लागि परिवारसँगै रहेको मिश्र निकट राप्रपाका एक नेताले बताए । ती नेताका अनुसार मिश्र अहिले ‘फरार’ हैनन्, तर अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा नरहेका मात्र हुन्।
‘अदालतले हाजिरी जमानीमा छाडेको हो भनेपछि बाहिर रहेर मुद्दा लड्न पाइन्छ,’ ती नेताले बताए । यस्तै राणा पनि पार्टीकै काममा खटिइरहेका छन् । उपस्थित नभएकै कारण अदालतले उनीहरुलाई पक्राउका लागि वारेन्ट जारी गर्ने तयारी गरेको बताइँदा उनीहरू अब छिट्टै अदालतमा हाजिर हुन लागेको बताइएको छ ।
यसअघि ३९ जना प्रतिवादीसँगै थुनछेक प्रक्रियामा सहभागी हुँदा लामो समय लाग्ने र सो अवधिमा हिरासतमै बस्नुपर्ने स्थिति आउनसक्ने भएकाले योजनाअनुसार नै त्यतिबेला अदालतमा उपस्थित नभएको राणा निकट स्रोतका भनाइ छ । अब कानुनविदु्सँग राय लिएर उनीहरू अदालतमा उपस्थित हुने स्रोतको भनाइ छ ।
बन्दी प्रत्यक्षीकरण रिट दायरसँगै सर्वोच्च अदालतको आदेशका आधारमा मिश्र रिहा भएका थिए । यस्तै राणा क्यान्सरको उपचारका लागि रिहा भएका थिए । काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर हुँदा भने उनीहरु पनि प्रतिवादी छन् । तर पनि उनीहरु थुनछेक बहस हुँदा उपस्थित नभएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १६:५२
काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...
बैशाख ११ गते, २०८३ - १६:३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...
बैशाख ११ गते, २०८३ - १६:१८
काठमाडौं । नेपाल प्रहरी ले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर...
बैशाख ११ गते, २०८३ - १६:००
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...
बैशाख ११ गते, २०८३ - १५:५७
काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...
बैशाख ११ गते, २०८३ - १५:३८
काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...
बैशाख ११ गते, २०८३ - १५:२७
काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। नि...
बैशाख ११ गते, २०८३ - १४:५४
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...
बैशाख ११ गते, २०८३ - १४:३९
साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ
बैशाख ११ गते, २०८३ - १४:१७
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...


प्रतिकृया लेख्नुहोस्: