Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

औषधी खुवाएर गर्भपतन गराउँदा महिलाको अवस्था चिन्ताजनक

खबरडबली संवाददाता

सप्तरी। सप्तरीमा औषधी खुवाएर अवैध तरिकाले गर्भपतन गराउँदा महिलाको अवस्था चिन्ताजनक रहेको छ ।

सप्तरीको हनुमाननगर कंकालिननी नगरपालिका–२ की २० वर्षीया सनिसा कुमारी खंगलाई औषधी खुवाएर अवैध तरिकाले गर्भपतन गराइएको हो ।

सनिसाको सोही वडा निवासी २३ वर्षीय शिवजी खंगसँगको प्रेमसम्बन्धबाट गर्भ रहेको थियो । सनिसाको गर्भ रहेपछि शिवजीका बुबा परमेश्वर खंगा र आमा झुलफुल देवीले बुधबार कुटपिट गर्दै जबरजस्त औषधी खुवाएर गर्भपतन गराएका थिए ।

सनिसाको पेटमा प्रेमी शिवजीको चार महिनाको गर्भ रहेको उनका परिवारजनको भनाइ छ । छोरीलाई जबरजस्ती औषधी खुवाइएपछि उनको चार महिनाको गर्भ तुहिएको र छोरीको अवस्था समेत चिन्ताजनक रहेको आमा सतनी देवीले बताए। सनिसाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

प्रहरीको सहयोगमा अस्पताल ल्याइएको सनिसाको स्वास्थ्य परीक्षण गर्दा गर्भमा रहेको बच्चा तुहिएको पाइएको र औषधीको प्रभावले त्यस्तो भएको चिकित्सकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले आरोपी परमेश्वर खंग र झुलफुल देवीलाई बुधबार नै पक्राउ गरिएको जानकारी दिए ।

उनले पक्राउ परेका खंग दम्पतीमाथि कुटपीट तथा भ्रुण हत्यासम्बन्धी मुद्दा चलाइने बताए।

यस अघि विवाहको प्रलोभन देखाई आफुसँग पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी हाल फरार भएको भन्दै सनिसाले प्रहरीमा उजुरी दिएको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा। बिर्तामोड नगरपालिका–५  भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ ।  ...

छोराको प्रतीक्षामा रहेका बेला श्रीमान् पनि बेपत्ता

ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१, आम्बोटको भुमेथान पाखामा रहेको एउटा पुरानो घर अहिले एउटी वृद्ध आमाको अन्त्यहीन प्रतीक्षाको साक्षी बनेको छ ...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...

प्रभु बैंककी सिबिओ रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...

सरकार र चिकित्सक संघबीचको वार्ता सकारात्मक, आन्दोलन अन्त्य हुने संकेत

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक: छ अर्ब ५५ करोडको कार्यक्रम पारित

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...

कर्णालीका मुख्यमन्त्री शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भने रोकियो

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित, दुई आयुक्तको नाम पनि सर्वसम्मत पारित

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending