काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।
अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्री पौडेलले भने ‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्रथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं।‘
अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरु पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न निर्देशन दिए।
उनले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरु निर्धारण गर्नुपर्नेमा जोड दिए।
आगामी बजेट कार्यान्वयनमा जाँदा कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न निर्देशन दिए।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारीका काममा लाग्न पनि निर्देशन दिए ।
बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत लगायर राजस्व संकलन र पूँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...
चैत्र २७ गते, २०८२ - १७:२३
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...
चैत्र २७ गते, २०८२ - १७:२०
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...
चैत्र २७ गते, २०८२ - १७:१२
काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...
चैत्र २७ गते, २०८२ - १७:०५
काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
चैत्र २७ गते, २०८२ - १६:५७
काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...
चैत्र २७ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...
चैत्र २७ गते, २०८२ - १६:३६
काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...
चैत्र २७ गते, २०८२ - १६:२७
काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...


प्रतिकृया लेख्नुहोस्: