Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

१२ दिनदेखि किन झापाको चियाबगानमा बसीरहेछन् पूर्वराजारानी ?

खबरडबली संवाददाता

झापा । काठमाडौंमा राजावादी आन्दोलन चलिरहँदा पूर्वराजारानी भने काठमाडौंमा छैनन । उनीहरू यतिबेला झापामा सुस्ताइरहेका छन् । आन्दोलन सुरु हुनुभन्दा ४ दिन अघिबाट उनीहरू झापा पुगेका हुन् । पूर्वराजारानीसँग भतिजी शिताष्मा पनि छिन् । झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानमा उनीहरूको बास छ । उनीहरू दुई साताका लागि दमक आएको श्रोतले बतायो ।

हिमालय महालक्ष्मी चिया बगान पूर्व राजा ज्ञानेन्द्रको आफ्नै चिया बगान हो । पूर्व–पश्चिम सडक खण्डसँगै दमक बजारको पश्चिमी क्षेत्रमा पर्ने चिया बगानमा उनी बेला–बेला आएर बस्ने गरेका छन् । खासगरी जाडोको समयमा र चिया टिप्ने समयमा उनी नियमित रूपमा यहाँ बस्ने गर्छन् । अहिले पनि चिया टिप्ने समय हो । यो उनको नियमित भ्रमण रहेको पूर्वराजा आएका बेला भेट्न जानेहरू बताउँछन् ।

चिया बगानको नाममा करिब सात सय विगाह जग्गा रहेको छ । अहिले उनी बसेको स्थानमा भने डेढ सय विगाह हाराहारीमा जग्गा छ । त्यहाँ एक तल भवन पनि छ । पूर्वराजा दमक जाँदा चिया बगानको बिचमा रहेको यही एक तले भवनमा बस्ने गर्छन् । पूर्वराजा दमक गएका बेला राजावादीहरूसँग भेटघाट र छलफल गर्ने कार्यसूची हुने गरेको राजाको प्रत्यक्ष शासनकालमा पूर्वाञ्चल क्षेत्रीय प्रशासक भएका वल्लभ दाहालले बताए ।

उनले भने, ‘सरकार दमकमा सवारी हुँदा भेट्न चाहनेहरूलाई दर्शन भेट दिइबक्सन्छ । यो नियमित प्रक्रिया हो । हामीले दर्शनभेटका लागि काठमाडौं जान खोज्दा ‘पर्दैन, त्यतै आउँदा भेट हुन्छ’ भनिबक्सन्छ । यस्तो धेरैलाई भनिएको हुन्छ ।’ जेठको ११ गते दमकमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक पनि राजावादीहरुसँग भेटघाट गरिरहेका छन् । उनलाई भेट्न पूर्वका विभिन्न स्थानबाट राजावादीहरू पुग्ने गरेका छन् ।

पूर्वराजासँगको भेटघाटको संयोजन उनका निजी सचिव राजेश्वरबहादुर सिंहले गरिरहेका छन् । उनी पनि पूर्वराजासँग दमकमै छन् । यसअघि दमक नगरपालिकाका मेयर तथा राप्रपाका नेता राम थापाले पनि पूर्व राजा ज्ञानेन्द्र शाह दमक आएका बेला भेटघाटको समय मिलाउने गरेका थिए । यसपटक भने उनी चीन भ्रमणमा रहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रका प्रमुख सचिव सागरप्रसाद तिम्सिनाले यो पारिवारिक भ्रमण भएको बताए । उनले भने, ‘यो मौसुफ सरकारको निजी र पारिवारिक भ्रमण हो । औपचारिक नभएकाले भ्रमणको कार्यसूची पनि छैन ।’

गएको चैत्र १५ गते काठमाडौंमा राजावादीहरूले हिंसात्मक आन्दोलन गरे । कमान्डरको रूपमा नवराज सुवेदीलाई तोकिए पनि नेतृत्व भने झापाकै व्यवसायी दुर्गा प्रसाईँले गरेका थिए । सो आन्दोलन एक जना पत्रकारको घरभित्र जलेर मृत्यु भएको थियो भने एक सर्वसाधारणको प्रहरीले गोली लागेर ज्यान गएको थियो ।

आन्दोलनका क्रममा घर पसलहरूमा आगजनी र तोडफोड भए । सो आन्दोलनको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने भनेर प्रधानमन्त्रीले संसदमै बोले । केही गणतन्त्रवादी नेताहरूले उनलाई पक्राउ गर्नुपर्ने समेत बताए ।

काठमाडौंका मेयर बालेन शाहले पूर्वराजालाई समेत पत्र काट्दै जरिवाना समेत तोकेका थिए । यसरी प्रत्यक्षरुपमा आफूलाई मुछिएपछि पूर्वराजा असन्तुष्ट छन् । अहिले राजावादीको आन्दोलनमा पनि आफूलाई त्यसैगरी जोडिन सक्ने हुँदा उनी काठमाडौंबाट बाहिरिएको स्रोतहरूको दाबी छ ।

आफू झापामा बसेपछि काठमाडौंमा भएको आन्दोलनमा केही गडबडी भयो भने पनि आरोप नलाग्ने उनको विश्वास छ । त्यसो त उनले आन्दोलनकारी नेताहरूलाई काठमाडौंमा बारम्बार भेटेर आन्दोलनलाई मर्यादित बनाउन आग्रह गरेका थिए ।

प्रहरीलाई ‘थाहा छैन’

पूर्वराजा दमक आउँदा गृह मन्त्रालयले जानकारी गराउने प्रचलन नभएको झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले बताए । अनौपचारिक रूपमा भने जानकारी रहेको उनको भनाइ छ ।

लिम्बुले भने, ‘उहाँको सुरक्षा हेर्ने छुट्टै संयन्त्र छ । सोही संयन्त्रले सुरक्षा व्यवस्था मिलाउँछ । हामीसँग कुनै समन्वय हुँदैन । समन्वय नभएका कारण प्रहरीलाई कुनै औपचारिक जानकारी हुने कुरा भएन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending