Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

१२ दिनदेखि किन झापाको चियाबगानमा बसीरहेछन् पूर्वराजारानी ?

खबरडबली संवाददाता

झापा । काठमाडौंमा राजावादी आन्दोलन चलिरहँदा पूर्वराजारानी भने काठमाडौंमा छैनन । उनीहरू यतिबेला झापामा सुस्ताइरहेका छन् । आन्दोलन सुरु हुनुभन्दा ४ दिन अघिबाट उनीहरू झापा पुगेका हुन् । पूर्वराजारानीसँग भतिजी शिताष्मा पनि छिन् । झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानमा उनीहरूको बास छ । उनीहरू दुई साताका लागि दमक आएको श्रोतले बतायो ।

हिमालय महालक्ष्मी चिया बगान पूर्व राजा ज्ञानेन्द्रको आफ्नै चिया बगान हो । पूर्व–पश्चिम सडक खण्डसँगै दमक बजारको पश्चिमी क्षेत्रमा पर्ने चिया बगानमा उनी बेला–बेला आएर बस्ने गरेका छन् । खासगरी जाडोको समयमा र चिया टिप्ने समयमा उनी नियमित रूपमा यहाँ बस्ने गर्छन् । अहिले पनि चिया टिप्ने समय हो । यो उनको नियमित भ्रमण रहेको पूर्वराजा आएका बेला भेट्न जानेहरू बताउँछन् ।

चिया बगानको नाममा करिब सात सय विगाह जग्गा रहेको छ । अहिले उनी बसेको स्थानमा भने डेढ सय विगाह हाराहारीमा जग्गा छ । त्यहाँ एक तल भवन पनि छ । पूर्वराजा दमक जाँदा चिया बगानको बिचमा रहेको यही एक तले भवनमा बस्ने गर्छन् । पूर्वराजा दमक गएका बेला राजावादीहरूसँग भेटघाट र छलफल गर्ने कार्यसूची हुने गरेको राजाको प्रत्यक्ष शासनकालमा पूर्वाञ्चल क्षेत्रीय प्रशासक भएका वल्लभ दाहालले बताए ।

उनले भने, ‘सरकार दमकमा सवारी हुँदा भेट्न चाहनेहरूलाई दर्शन भेट दिइबक्सन्छ । यो नियमित प्रक्रिया हो । हामीले दर्शनभेटका लागि काठमाडौं जान खोज्दा ‘पर्दैन, त्यतै आउँदा भेट हुन्छ’ भनिबक्सन्छ । यस्तो धेरैलाई भनिएको हुन्छ ।’ जेठको ११ गते दमकमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक पनि राजावादीहरुसँग भेटघाट गरिरहेका छन् । उनलाई भेट्न पूर्वका विभिन्न स्थानबाट राजावादीहरू पुग्ने गरेका छन् ।

पूर्वराजासँगको भेटघाटको संयोजन उनका निजी सचिव राजेश्वरबहादुर सिंहले गरिरहेका छन् । उनी पनि पूर्वराजासँग दमकमै छन् । यसअघि दमक नगरपालिकाका मेयर तथा राप्रपाका नेता राम थापाले पनि पूर्व राजा ज्ञानेन्द्र शाह दमक आएका बेला भेटघाटको समय मिलाउने गरेका थिए । यसपटक भने उनी चीन भ्रमणमा रहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रका प्रमुख सचिव सागरप्रसाद तिम्सिनाले यो पारिवारिक भ्रमण भएको बताए । उनले भने, ‘यो मौसुफ सरकारको निजी र पारिवारिक भ्रमण हो । औपचारिक नभएकाले भ्रमणको कार्यसूची पनि छैन ।’

गएको चैत्र १५ गते काठमाडौंमा राजावादीहरूले हिंसात्मक आन्दोलन गरे । कमान्डरको रूपमा नवराज सुवेदीलाई तोकिए पनि नेतृत्व भने झापाकै व्यवसायी दुर्गा प्रसाईँले गरेका थिए । सो आन्दोलन एक जना पत्रकारको घरभित्र जलेर मृत्यु भएको थियो भने एक सर्वसाधारणको प्रहरीले गोली लागेर ज्यान गएको थियो ।

आन्दोलनका क्रममा घर पसलहरूमा आगजनी र तोडफोड भए । सो आन्दोलनको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने भनेर प्रधानमन्त्रीले संसदमै बोले । केही गणतन्त्रवादी नेताहरूले उनलाई पक्राउ गर्नुपर्ने समेत बताए ।

काठमाडौंका मेयर बालेन शाहले पूर्वराजालाई समेत पत्र काट्दै जरिवाना समेत तोकेका थिए । यसरी प्रत्यक्षरुपमा आफूलाई मुछिएपछि पूर्वराजा असन्तुष्ट छन् । अहिले राजावादीको आन्दोलनमा पनि आफूलाई त्यसैगरी जोडिन सक्ने हुँदा उनी काठमाडौंबाट बाहिरिएको स्रोतहरूको दाबी छ ।

आफू झापामा बसेपछि काठमाडौंमा भएको आन्दोलनमा केही गडबडी भयो भने पनि आरोप नलाग्ने उनको विश्वास छ । त्यसो त उनले आन्दोलनकारी नेताहरूलाई काठमाडौंमा बारम्बार भेटेर आन्दोलनलाई मर्यादित बनाउन आग्रह गरेका थिए ।

प्रहरीलाई ‘थाहा छैन’

पूर्वराजा दमक आउँदा गृह मन्त्रालयले जानकारी गराउने प्रचलन नभएको झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले बताए । अनौपचारिक रूपमा भने जानकारी रहेको उनको भनाइ छ ।

लिम्बुले भने, ‘उहाँको सुरक्षा हेर्ने छुट्टै संयन्त्र छ । सोही संयन्त्रले सुरक्षा व्यवस्था मिलाउँछ । हामीसँग कुनै समन्वय हुँदैन । समन्वय नभएका कारण प्रहरीलाई कुनै औपचारिक जानकारी हुने कुरा भएन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending