Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

वाईसीएलको नयाँ नेतृत्व सहमतिमा चुन्न अध्यक्ष प्रचण्डको सुझाव

खबरडबली संवाददाता

काठमाडाैं । सहमतिका लागि भनेर सम्मेलन अवधि बढाइए पनि मंगलबार प्रगति हुन सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा रहेको हुँदा सहमति खोज्ने प्रयास भइरहेको संगठनका नेताहरुले जानकारी गराएका छन् ।

वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र अध्यक्ष सुवोध शेर्पाली बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका थिए । दीपशिखा र शेर्पाली लामो समयसम्म अध्यक्ष प्रचण्डसँग छलफलमा हुँदा बुधबार दिनभर प्रतिनिधिहरु सम्मेलन केन्द्रमा टहलिरहेका थिए ।

सहमतिमा नेतृत्व चयन उपयुक्त हुने सुझाव अध्यक्ष प्रचण्डले दिएको इञ्चार्ज दीपशिखाले बताए । ‘वाईसीएलमा सहमति गर्नुस् । चुनाव गरेको राम्रो हुँदैन । सहमति हुनै सकेन भने प्रक्रियामा जाने कुरा हुन्छ भन्नुभयो,’ दीपशिखाले भने, ‘सहमति जसको नाममा गरेपनि हुन्छ, व्यक्ति यही भन्ने छैन । तपाईं दुई जनाले सहमति गरेर नाम ल्याउनुस् भन्नुभएको छ ।’

अध्यक्ष प्रचण्डको चाहना अनुसार अध्यक्षका आकांक्षीहरुलाई एकै ठाउँ राखेर दीपशिखा र शेर्पालीले छलफल गर्ने बताइएको छ । यद्यपि, हालसम्म आकांक्षीहरुलाई सँगै राखेर सामूहिक छलफल हुन सकेको छैन । दीपशिखाले बुधबारको दिन प्रतिनिधिहरुको नामावली रुजु गरेरै बितेकाले संयुक्त छलफल हुन नसकेको बताए ।

वाईसीएलका नेताहरुले प्रतिनिधिहरुको संख्या भने फरक–फरक बताइरहेका छन् । वाईसीएल इञ्चार्ज दीपशिखाले १ हजारदेखि १ हजार २०० सम्म प्रतिनिधि हुने बताएका थिए । तर त्यो संख्या बढेर १ हजार ४५० बढी पुगेको संगठनका नेताहरुको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...

देवानगञ्जमा गृहमन्त्रीको पर्खाइ : ‘पीए’ पुग्दा स्थानीयले भने– मन्त्री नै आउनुपर्छ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...

भारतीय नागरिकलाई कुटपिट, जबर्जस्ती बिल तिराएको आरोपमा दुई पक्राउ

काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...

देशभर सडक संकट, रातिको यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...

कपिलवस्तुमा अर्को सडक दुर्घटना, टिपरले पैदलयात्रीलाई किच्यो

काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...

आजको तरकारी बजार : गोलभेँडा ५० रुपैयाँ, प्याज ५७, काउली १२० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...

स्वास्थ्य मन्त्रालयको ‘शून्य सहनशीलता’ नीति : स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न कानुन कडा बनाइँदै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...

बागमती सरकारको साँचो राप्रपासँग, सातै प्रदेशमा सत्ता साझेदारी नभए समर्थन नदिने संकेत

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending