Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले प्रकृतिमुखी जीवनशैली अवलम्बनमा जोड दिएका हुन् । 

“प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको, विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन्।

‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’  नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको सन्दर्भमा  आजको दिन हामी सबैले आ–आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवजन्तुबीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई देशको संविधानले दिएको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिन भएको उनले सन्देशमा उल्लेख गरे ।

वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्ने तर्फ हामी सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा प्लाष्टिकको प्रयोगबाट हुने प्रदूषणलाई न्यूनीकरण गर्दै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई एकजुट भएर लाग्न राष्ट्रपतिले अनुरोध गरेका छन्। 

वातावरण संरक्षण तथा सम्वद्र्धनको गहन अभिभारामा संलग्न सरकारी तथा गैरसरकारी निकाय एवं विकास साझेदारलगायत सम्बद्ध सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको वातावरणीय असरलाई कम गर्न नेपालले विभिन्न राष्ट्रिय एवं अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयनका लागि आजको दिनले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको विन्टर अफर २०८२: ग्राहकका लागि विभिन्न प्याकेजसहित आकर्षक सुविधा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...

१३ वर्षदेखि नेपालमा भिसा दुरुपयोग: व्यवसाय नभएका चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...

विराटनगर रानीबाट ८ थान मोबाइल फेला, लिन आउन प्रहरीको अनुरोध

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...

लमजुङमा चुनावी मैदान तात्यो: पृथ्वीसुब्बा गुरुङलाई कांग्रेस–रास्वपाकाे चुनौती

लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...

नेकपा पुरानै अनुहारले कब्जा, प्रचण्ड मैदान फर्किए, शर्मा–किराती पार्टीबाहिर

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...

विद्यालय हाताभित्रै बसको ठक्कर, चार वर्षीया बालिकाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...

सरकारी स्रोत दुरुपयोग रोक्न आयोगको कदम, खर्च अनुगमन अधिकृत तोकिए

 काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...

जिउँदो कछुवा खरिद बिक्री गर्ने पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...

मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो हुन्छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending