रौतहट । पछिल्लो समय रौतहटमा शृङ्खलाबद्ध नवविवाहिता महिलाको हत्या सुरु भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको दाबी गरिएको छ।
कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको संकास्पद हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ। मात्र १ महिनाको अवधिमा यो तेस्रो नवविवाहिताको शंकास्पद हत्या हो। यसअघी एक नवविवाहिताको मृत्यु प्रकरणमा उनको श्रीमान माथी प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो। तर अर्को घटना अनुसन्धानकै क्रममा रहेको छ।
मंगलवार बेलुकी ८ बजे कटहरिया नगरपालिका १ भसेढवा बस्ने अनकेश यादवको श्रीमती बर्ष २२ कि अल्का यादव आफनै घरको सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको खबर लगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुग्दा उक्त महिला उतानो परी मृत अवस्थामा रहेको,निज मृतकले उल्टि गरेको, घटना सन्कास्पद रहेको डिएसपी राजन कार्कीले न्युज कारखानालाई बताए । प्रहरी टोली घटनास्थल पुगेपछी मृतकका श्रीमान अनकेश यादव र सासु बर्ष ४६ की शान्ति देवी फरार रहेको कारण मृतकको ससुरा बर्ष ५१ को रामपुकार प्रसाद यादव लाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिएका छन्। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ।
मंगलनार बेलुकी अल्काको श्रीमान, सासु, ससुरा मिलेर कुटपिट गरी घाँटी थिचेर हत्या गरिर आत्महत्या देखाउन खोजेको माईती पक्षको दाबी रहेको छ। डिएसपी कार्कीका अनुसार अल्का यादवको मृत्युको घटना सम्बन्धमा गम्भीर रुपमा अनुसन्धान भईरहेको छ,। उसको ससुरा सँग घटनाबारे सोधबुझ जारी रहेको छ। पोष्टमार्टम रिपोर्ट संगै अनुसन्धान पूरा भएपछी घटनाबारे एकिनका साथ भन्नसक्ने डिएसपी कार्कीले जानकारी दिएका छन्। साथै फरार रहेका मृतकका श्रीमान र सासुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
दुईसाता अघि मात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया ३ बडेरवा घर भई हाल कटहरिया बजारमा बस्ने अहमद राय भाटको छोरा बर्ष २५ का अरमान राय भाट माथी ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको थियो। उनी हालसम्म फरार रहेका छन्।
त्यस्तै गत १६ गते दुर्गा भगवती गाँउपालिका छेउ खोला किनार झाडीमा अनेक श्रृंगार बाट सजिएकी सुन चाँदीको गहना लगाएकी एक २४ बर्षिया नवविवाहिताको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटले घटना शंकास्पद भएको भन्दै अनुसन्धान सुरु भएको छ। तर हालसम्म घटनाको कारण तथा मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
दाईजो लगायत बिभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिता महिलाको हत्याको घटनामा वृद्धि भएको छ। घटना पछी राजनीतिक संरक्षण र आर्थिक चलखेलको कारण अपराधी कार्वाही बाट उम्किने गरेको कारण यस्ता जघन्य घटनाहरू दिनानुदिन बढ्दै गएको स्थानीयहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...
श्रावण १४ गते, २०८३ - ०९:१५
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव मुख्य कार्यसूचीमा रहेका छन...
श्रावण १४ गते, २०८३ - ०९:१३
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा झण्डाको विषयबाट सुरु भएको विवादपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। सुरक्षाक...
श्रावण १४ गते, २०८३ - ०९:०१
काठमाडौं । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लाजिम्प...
श्रावण १४ गते, २०८३ - ०८:५६
काठमाडौं । निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा अघि सडकको ...
श्रावण १४ गते, २०८३ - ०८:५२
काठमाडौं । कपिलवस्तुमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शिवराज नगरपालिका–५, दक्षिण रहटकोलमा गएराति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुर...
श्रावण १४ गते, २०८३ - ०८:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १४ गतेका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो नेपाल...
श्रावण १४ गते, २०८३ - ०८:४५
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै स्वास्थ्य सेवा प्रणालीला...
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...



प्रतिकृया लेख्नुहोस्: