Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

रौतहटमा श्रृङ्खलाबद्ध तीनजना नवविवाहिताको हत्या

खबरडबली संवाददाता

रौतहट । पछिल्लो समय रौतहटमा शृङ्खलाबद्ध नवविवाहिता महिलाको हत्या सुरु भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको दाबी गरिएको छ।

कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको संकास्पद हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ। मात्र १ महिनाको अवधिमा यो तेस्रो नवविवाहिताको शंकास्पद हत्या हो। यसअघी एक नवविवाहिताको मृत्यु प्रकरणमा उनको श्रीमान माथी प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो। तर अर्को घटना अनुसन्धानकै क्रममा रहेको छ।

मंगलवार बेलुकी ८ बजे कटहरिया नगरपालिका १ भसेढवा बस्ने अनकेश यादवको श्रीमती बर्ष २२ कि अल्का यादव आफनै घरको सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको खबर लगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुग्दा उक्त महिला उतानो परी मृत अवस्थामा रहेको,निज मृतकले उल्टि गरेको, घटना सन्कास्पद रहेको डिएसपी राजन कार्कीले न्युज कारखानालाई बताए । प्रहरी टोली घटनास्थल पुगेपछी मृतकका श्रीमान अनकेश यादव र सासु बर्ष ४६ की शान्ति देवी फरार रहेको कारण मृतकको ससुरा बर्ष ५१ को रामपुकार प्रसाद यादव लाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिएका छन्।  मृतकको शव  पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ।

मंगलनार बेलुकी अल्काको श्रीमान, सासु, ससुरा मिलेर  कुटपिट गरी घाँटी थिचेर हत्या गरिर आत्महत्या देखाउन खोजेको माईती पक्षको दाबी रहेको छ। डिएसपी कार्कीका अनुसार अल्का यादवको मृत्युको घटना सम्बन्धमा गम्भीर रुपमा अनुसन्धान भईरहेको छ,। उसको ससुरा सँग घटनाबारे सोधबुझ जारी रहेको छ। पोष्टमार्टम रिपोर्ट संगै अनुसन्धान पूरा भएपछी घटनाबारे एकिनका साथ भन्नसक्ने डिएसपी कार्कीले जानकारी दिएका छन्। साथै फरार रहेका मृतकका श्रीमान र सासुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

दुईसाता अघि मात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया ३ बडेरवा घर भई हाल कटहरिया बजारमा बस्ने अहमद राय भाटको छोरा बर्ष २५ का अरमान राय भाट माथी ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको थियो। उनी हालसम्म फरार रहेका छन्। 

त्यस्तै गत १६ गते दुर्गा भगवती गाँउपालिका छेउ खोला किनार झाडीमा अनेक श्रृंगार बाट सजिएकी सुन चाँदीको गहना लगाएकी एक २४ बर्षिया नवविवाहिताको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटले घटना शंकास्पद भएको भन्दै अनुसन्धान सुरु भएको छ। तर हालसम्म घटनाको कारण तथा मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

दाईजो लगायत बिभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिता महिलाको हत्याको घटनामा वृद्धि भएको छ। घटना पछी राजनीतिक संरक्षण र आर्थिक चलखेलको कारण अपराधी कार्वाही बाट उम्किने गरेको कारण यस्ता जघन्य घटनाहरू दिनानुदिन बढ्दै गएको स्थानीयहरूले बताएका छन्।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा एमाले टिकट वितरण : युवालाई पन्छाउँदै पुरानै नेतामाथि भरोसा

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १२ जना उम्मेदवार टुङ्ग्याएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि स...

प्रतिनिधिसभा चुनावको सरगर्मी बढ्दा बागमतीका ६ प्रदेश सांसदको राजीनामा

मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै बागमती प्रदेशसभामा ठूलो फेरबदल देखिएको छ । विभिन्न दलका ६ जना प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा निर...

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं...

रूकुम पूर्वमा प्रचण्डसँग भिड्ने एमाले उम्मेदवार फेरिए, लीलामणि गौतम आए मैदानमा

बुटवल । नेकपा एमालेले रूकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि तय गरेको उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले केन्द्रीय सदस्य खेममान खड्काको ठ...

चुनावी सरकारका मन्त्री घट्दै, ललितपुर २ मा चुनावी मैदानमा हाेमीने सञ्चार मन्त्री खरेलकाे तयारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार औपचारिक रूपमा राजीनाम...

एमालेमा टिकट विवाद: देशभर असन्तोष, सचिवालयदेखि जिल्लासम्म विद्रोह

काठमाडौं  । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...

सुदूरपश्चिममा एमालेको टिकट बाँडफाँट: टिकट हो वा त्रासदी ? बझाङ–कञ्चनपुर विवादले उडायो सुर

धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...

गोरखा–२ चुनावी प्रयोगशाला बन्दै

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा

धरान दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइते १३ जनामध्ये ८ गम्भीर

काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...

ओखलढुंगामा सिफारिस नपरेको उम्मेदवार बनाइएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी

ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending