कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित भालुफटा क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार घोडाघोडी नगरपालिका–२ निवासी २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार, घोडाघोडी नगरपालिका–३ का २१ वर्षीय शंकर चौधरीले चलाएको से ६ प ४४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँ किनारमा बिग्रिएर रोकिएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्रयाक्टरको ट्रालीमा ठोक्किएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजकुमार सिंहले गम्भीर घाइते भएका राधेश्याम चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक शंकर चौधरी गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको छ। सोही मोटरसाइकलमा सवार २२ वर्षीय अर्जुन चौधरीको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ र उनको उपचार घोडाघोडी अस्पतालमा भइरहेको छ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: