Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

राजु पाण्डे निलम्बनमा परेसँगै विष्णुप्रसाद जोशीले पाए महानगर प्रहरी प्रमुखको जिम्मेवारी

मेरो मूल्यांकन जनताले गर्छन्ः पाण्डे

खबरडबली संवाददाता

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् । 

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए  । मेयर बालेन्द्र साह (बालेन)को मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएको, प्रमुख प्रशासकीय कार्यालयमा ताला लगाएको, गाडीको ह्वील लक गरेको, हाजिर पुस्तिका कब्जामा लिने र जनप्रतिनिधिसँग अमर्यादित व्यवहार गर्ने लगायतका आरोपमा उनलाई सातवटा स्पष्टीकरण सोधिएको थियो । 

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको महानगर स्रोतले जनाएको छ  । प्रशासकीय अधिकृत गुरागाईंले मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको बताएका छन् । 

निलम्बनको पत्रमा भनिएको छ–‘२०८१ चैत २१ गते महानगरपालिका कार्यालयमा घटेको अवाञ्छित एवं गैरकानुनी हुलहुज्जत र हातपातयुक्त घटना तपाईँको प्रत्यक्ष संलग्नता र अगुवाईमा घटेको पाइएको र सो अभियोगमा तपाईँलाई ७ बुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण चित्तबुझ्दो र विश्वासयोग्य नभएको हुँदा सो घटना सम्बन्धमा विस्तृत जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन महानगर प्रहरी ऐनको दफा २१ को उपदफा ४ बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु । 

अतः जाँचबुझको काममा प्रभाव नपरोस् भनेर जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना, कागजपत्र बुझ्ने बुझाउने सहजताको लागि ऐन दफा ३९ को उपदफा ५ ले दिएको अधिकार प्रयोग गरी तपाईंलाई आजका मितिले लागू हुनेगरी आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेस नगरेसम्म बढीमा ६ महिनासम्मको लागि निलम्बन गरेको छु ।’

सो दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गर्नुभएको थियो । उपमेयर र वडाध्यक्षहरूसँग समेत उहाँको भनाभन भएको थियो । पाण्डे निलम्बनमा परेपछि महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पाउनुभएको छ । उहाँलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रूपमा कामकाज गर्न पत्र दिइएको छ । यसको बोधार्थ मेयर बालेन साह, उपमेयर सुनिता डंगोलललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ ।

मेरो मूल्यांकन जनताले गर्छन्ः पाण्डे
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेपछि उनी मंगलबार दिउँसो कार्यालयबाट बाहिरिए । नियमित समयमै कार्यालय पुगेका पाण्डेले दिउँसो निलम्बन पत्र प्राप्त गरेपछि तत्काल कार्यालय छाडेका थिए  । पाण्डेका अनुसार उनी पछिल्ला केही दिनदेखि आमा गम्भीर बिरामी भएका कारण रातभरि अस्पतालमा र दिनभरि कार्यालयमा खटिएका थिए । ‘तीन–चार दिनदेखि आमा अस्पतालमा हुनुहुन्छ, म ड्युटीपछि अस्पतालमै बसिरहेको छु । सबैलाई यो कुरा थाहा छ,’ उनले भने, ‘जे गरेँ, सबैसामु छर्लङ्ग छ ।’

पाण्डेले आफूमाथि लागेको आरोप र कारबाहीबारे विस्तृत प्रतिक्रिया दिन मानेनन् ‘मैले जे गरेँ, सबैसामु स्पष्ट छ । मूल्यांकन गर्ने जिम्मा मभन्दा अरूलाई छ,’ उनले भने । उनले मेयर बालेन साहसँग यस विषयमा कुनै गुनासो पनि नगरेको उनले बताए  । 

‘कसैसँग पनि यो विषयमा कुरा गरेको छैन, मेयर साबलाई पनि केही भनेको छैन,’ पाण्डेले स्पष्ट पारे । व्यक्तिगत रूपमा कुनै गल्ती नगरेको दाबी गर्दै पाण्डेले आफूले कर्तव्य पालनाका क्रममा इमानदारीपूर्वक काम गरेको बताए, ‘कर्तव्य पालनामा भएको घटनाबारे म केही टिप्पणी गर्न चाहन्नँ, अब सबै जनतालाई नै छाडिदिएको छु,’ उनले भने । 

पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका थिए । २०७७ मा उनी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका थिए  । 

सन् २०२२ मा बालेन साह मेयर निर्वाचित भएपछि धनपति सापकोटाको स्थानमा उनलाई नगर प्रहरी बल प्रमुखको जिम्मेवारी दिइएको थियो । साढे तीन वर्षसम्म प्रमुखको हैसियतमा काम गगर्न पाएका उनलाई प्रमुख प्रशासकिय अधिर्कतले कारवाही गरेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending