Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

राजु पाण्डे निलम्बनमा परेसँगै विष्णुप्रसाद जोशीले पाए महानगर प्रहरी प्रमुखको जिम्मेवारी

मेरो मूल्यांकन जनताले गर्छन्ः पाण्डे

खबरडबली संवाददाता

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् । 

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए  । मेयर बालेन्द्र साह (बालेन)को मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएको, प्रमुख प्रशासकीय कार्यालयमा ताला लगाएको, गाडीको ह्वील लक गरेको, हाजिर पुस्तिका कब्जामा लिने र जनप्रतिनिधिसँग अमर्यादित व्यवहार गर्ने लगायतका आरोपमा उनलाई सातवटा स्पष्टीकरण सोधिएको थियो । 

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको महानगर स्रोतले जनाएको छ  । प्रशासकीय अधिकृत गुरागाईंले मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको बताएका छन् । 

निलम्बनको पत्रमा भनिएको छ–‘२०८१ चैत २१ गते महानगरपालिका कार्यालयमा घटेको अवाञ्छित एवं गैरकानुनी हुलहुज्जत र हातपातयुक्त घटना तपाईँको प्रत्यक्ष संलग्नता र अगुवाईमा घटेको पाइएको र सो अभियोगमा तपाईँलाई ७ बुँदे स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण चित्तबुझ्दो र विश्वासयोग्य नभएको हुँदा सो घटना सम्बन्धमा विस्तृत जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन महानगर प्रहरी ऐनको दफा २१ को उपदफा ४ बमोजिम एक जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छु । 

अतः जाँचबुझको काममा प्रभाव नपरोस् भनेर जाँचबुझका क्रममा आवश्यक पर्ने सूचना, कागजपत्र बुझ्ने बुझाउने सहजताको लागि ऐन दफा ३९ को उपदफा ५ ले दिएको अधिकार प्रयोग गरी तपाईंलाई आजका मितिले लागू हुनेगरी आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेस नगरेसम्म बढीमा ६ महिनासम्मको लागि निलम्बन गरेको छु ।’

सो दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गर्नुभएको थियो । उपमेयर र वडाध्यक्षहरूसँग समेत उहाँको भनाभन भएको थियो । पाण्डे निलम्बनमा परेपछि महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पाउनुभएको छ । उहाँलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रूपमा कामकाज गर्न पत्र दिइएको छ । यसको बोधार्थ मेयर बालेन साह, उपमेयर सुनिता डंगोलललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ ।

मेरो मूल्यांकन जनताले गर्छन्ः पाण्डे
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेपछि उनी मंगलबार दिउँसो कार्यालयबाट बाहिरिए । नियमित समयमै कार्यालय पुगेका पाण्डेले दिउँसो निलम्बन पत्र प्राप्त गरेपछि तत्काल कार्यालय छाडेका थिए  । पाण्डेका अनुसार उनी पछिल्ला केही दिनदेखि आमा गम्भीर बिरामी भएका कारण रातभरि अस्पतालमा र दिनभरि कार्यालयमा खटिएका थिए । ‘तीन–चार दिनदेखि आमा अस्पतालमा हुनुहुन्छ, म ड्युटीपछि अस्पतालमै बसिरहेको छु । सबैलाई यो कुरा थाहा छ,’ उनले भने, ‘जे गरेँ, सबैसामु छर्लङ्ग छ ।’

पाण्डेले आफूमाथि लागेको आरोप र कारबाहीबारे विस्तृत प्रतिक्रिया दिन मानेनन् ‘मैले जे गरेँ, सबैसामु स्पष्ट छ । मूल्यांकन गर्ने जिम्मा मभन्दा अरूलाई छ,’ उनले भने । उनले मेयर बालेन साहसँग यस विषयमा कुनै गुनासो पनि नगरेको उनले बताए  । 

‘कसैसँग पनि यो विषयमा कुरा गरेको छैन, मेयर साबलाई पनि केही भनेको छैन,’ पाण्डेले स्पष्ट पारे । व्यक्तिगत रूपमा कुनै गल्ती नगरेको दाबी गर्दै पाण्डेले आफूले कर्तव्य पालनाका क्रममा इमानदारीपूर्वक काम गरेको बताए, ‘कर्तव्य पालनामा भएको घटनाबारे म केही टिप्पणी गर्न चाहन्नँ, अब सबै जनतालाई नै छाडिदिएको छु,’ उनले भने । 

पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका थिए । २०७७ मा उनी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका थिए  । 

सन् २०२२ मा बालेन साह मेयर निर्वाचित भएपछि धनपति सापकोटाको स्थानमा उनलाई नगर प्रहरी बल प्रमुखको जिम्मेवारी दिइएको थियो । साढे तीन वर्षसम्म प्रमुखको हैसियतमा काम गगर्न पाएका उनलाई प्रमुख प्रशासकिय अधिर्कतले कारवाही गरेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending