Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

अन्नपूर्ण आरोहणले नेपाललाई विश्वभर चिनायो : प्रधानमन्त्री

अन्नपूर्ण हिमालको पहिलो आरोही मौरिस हर्जोगलाई हामी सधै उच्च सम्मान गर्छौ

खबरडबली संवाददाता

म्याग्दी। प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताएको छन् । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएको हो ।

अन्नपूर्ण प्रथम हिमाल आरोहणले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाएको बताए । प्रधानमन्त्री ओलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर मौरिस हर्जोगलगायतका नेपाली पर्वतारोहीले बहादुरी प्रदर्शन गरेर हिमाल आरोहणको ढोका खोलेको उनको भनाइ थियो । 

उनले भने, ‘‘अन्नपूर्ण हिमालको पहिलो आरोही मौरिस हर्जोगलाई हामी सधै उच्च सम्मान गर्दछौं । हर्जोगले हिमाल आरोहण गरेर फ्रान्स र नेपालबिच मित्रताको सम्बन्ध स्थापित गर्नुभयो ।’’

सरकारले पर्वतारोहणलाई सुरक्षित बनाउन आधार शिविरलगायतका क्षेत्रहरुमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए। तत्कालीन मौरिस हर्जोगले आरोहण गरेको क्षेत्रमा नै अन्नपूर्ण हीरक महोत्सवको आयोजनाले पर्वतारोहण र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको उनले उल्लेख गरे । 

अन्नपूर्ण रेन्जमा थुप्रै हिमाल र आकर्षक पर्यटकीय गन्तब्यहरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘यस क्षेत्रमा रहेका सुन्दर हिमालहरु, झरना र पर्यटकीय स्थलहरुले राष्ट्रिय उन्नतिमा टेवा पुर्‍याएका छन् ।’’

प्रधानमन्त्री ओलीले यस क्षेत्रमा सुरुङ मार्ग, केवलकार, जलविद्युतको विकास र धार्मिक पर्यटनको विकास गरेर समृद्धि हासिल गर्न सकिने बताए । उनले मुस्ताङको मुक्तिनाथ, दामोदर कुण्ड र लोमान्थाङ पर्यटकीयस्थलहरु भएकाले यसको विकास गरेर थप पर्यटन भित्र्याउन सकिने विचार व्यक्त गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending