सुलीकोट। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजा फर्काउने दिवा सपना नदेख्न चुनौती दिएको छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले गोरखा सदरमुकाममा आयोजना गरेको वडा स्तरीय पार्टी निर्माण अभियानलाई सम्बोधन गर्दै सो कुरा बताएको हो ।
दिनै तोकेर राजा फर्काउन सकिन्छ भनेर दिवा सपना देख्नेहरू पनि छन्, उपमहासचिव ज्ञवालीले भने, ‘सर्वथा असम्भव कुरा हो, इतिहासको यो गतिलाई कसैले पछाडि फर्काउन नसक्ने जिकिर गरे ।’
नेपाली जनताले दुई दुई चोटि राजतन्त्र र प्रजातन्त्रलाई संगै लैजान सकिन्छ भनेर कोसिस गरेको भन्दै उपमहासिचब ज्ञवालीले २००७ सालमा भागेर दिल्ली गएका राजा त्रिभुवनलाई फर्काएर ल्याएर राजालाई गद्दीमा राखेको स्मरण गराउनु भयो ।
तर त्यसको परिणममा बिस्तारै बिस्तारै अधिकार केन्द्रित गर्दै जनताको शक्ति खोस्दै खोस्दै लगेर २०१७ सालमा जुन पार्टीहरूले क्रान्ति गरे तिनै पार्टीहरूलाई थुनेर ३० वर्ष पञ्चायती ब्याबस्था लागु गरे राजा असफल भएको टिप्पणी गरे । जनताको लामो योगदान र आन्दोलन पछि २०४६ सालमा जब पञ्चायत ढल्यो फेरि शङ्काको सुविधा दिँदै सम्झौता गरियो ।
अधिकार जति जनतालाई सम्मान जति राजालाई भनेर २०४६ सालको अन्दोलनमा सम्झौता भयो र २०४७ सालमा संविधान बन्यो । तत्कालीन नेता मदन भण्डारीले त्यति बेला स्टेटमेन्ट जारी गर्दै सबैधानिक राजा पाल्नु भनेको सेतो हात्ती पाल्नु जस्तै भएको भन्दै निकै खर्चिलो हुने बताएको थिए ।
जुन दिन जनताको अधिकार माथि कु दृष्टि लगाउन सुरु हुन्छ त्यही दिन गणतन्त्र सुरु हुने भन्दै त्यही मनसाय राखेर आँखा चम्काई बक्सियोस् हात नलम्काई बक्सियोस् भन्दै चुनाव लड्ने भए श्रीपेच खोलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ भन्दै चुनौती दिएको उनले बताए।
गद्दीका स्वाभाविक अधिकार नभएका ज्ञानेन्द्रलाई चिट्टा परेको भन्दै जनताले राजाका विरुद्ध नारा लगाई रहेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले राजगद्दीमा लगेर राखेका ज्ञानेन्द्रले उल्टै राजनीतिक दलहरू नजरबन्द राख्ने दलहरूप्रति प्रतिबन्ध लगाउने गलत हर्कत गरेर पटक पटक गल्ती गरेका उनका भनाई छ ।
आज राजा नहुँदा त पत्रकारलाई जिउँदै जलाउने, डिपार्टमेन्ट फुटाउने घरमा आगो लगाउने राजावादी प्रवृत्तिलाई नेपाली जनताले बहिस्कार गरिसकेकाले किमार्थ गणतन्त्र उल्टिन नसक्ने उनको तर्क छ ।
राजाको शासनमा गणतन्त्र माग्दा गोली उपहार पाउँथ्यौ अहिले गणतन्त्रमा संसद्को रोस्टमा बसेर अधिकार माग्नु भएको छ त्यही फरक भएकाले पनि नेपाली जनताको गणतन्त्रमा कु चेष्टा नगर्न पनि राजाबादीहरुलाई उपमहासचिव ज्ञवालीले आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८२ - १६:३६
काठमाडौँ। बाजुराको बुढीगंगा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, क...
पौष २० गते, २०८२ - १६:२९
अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बता...
पौष २० गते, २०८२ - १६:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।...
पौष २० गते, २०८२ - १६:०५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदनप्रसाद परियारलाई दिएका छन्। आइतबार रा...
पौष २० गते, २०८२ - १५:४०
कैलाली। सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुष...
पौष २० गते, २०८२ - १५:३५
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घट...
पौष २० गते, २०८२ - १५:२९
काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धा...
पौष २० गते, २०८२ - १५:२४
बुटवल। नेकपा एमाले रूपन्देहीले रूपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेक...
पौष २० गते, २०८२ - १५:०५
बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारुसहित ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा...
पौष २० गते, २०८२ - १४:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको पार्टी प्रवक...




प्रतिकृया लेख्नुहोस्: