सुलीकोट। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजा फर्काउने दिवा सपना नदेख्न चुनौती दिएको छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले गोरखा सदरमुकाममा आयोजना गरेको वडा स्तरीय पार्टी निर्माण अभियानलाई सम्बोधन गर्दै सो कुरा बताएको हो ।
दिनै तोकेर राजा फर्काउन सकिन्छ भनेर दिवा सपना देख्नेहरू पनि छन्, उपमहासचिव ज्ञवालीले भने, ‘सर्वथा असम्भव कुरा हो, इतिहासको यो गतिलाई कसैले पछाडि फर्काउन नसक्ने जिकिर गरे ।’
नेपाली जनताले दुई दुई चोटि राजतन्त्र र प्रजातन्त्रलाई संगै लैजान सकिन्छ भनेर कोसिस गरेको भन्दै उपमहासिचब ज्ञवालीले २००७ सालमा भागेर दिल्ली गएका राजा त्रिभुवनलाई फर्काएर ल्याएर राजालाई गद्दीमा राखेको स्मरण गराउनु भयो ।
तर त्यसको परिणममा बिस्तारै बिस्तारै अधिकार केन्द्रित गर्दै जनताको शक्ति खोस्दै खोस्दै लगेर २०१७ सालमा जुन पार्टीहरूले क्रान्ति गरे तिनै पार्टीहरूलाई थुनेर ३० वर्ष पञ्चायती ब्याबस्था लागु गरे राजा असफल भएको टिप्पणी गरे । जनताको लामो योगदान र आन्दोलन पछि २०४६ सालमा जब पञ्चायत ढल्यो फेरि शङ्काको सुविधा दिँदै सम्झौता गरियो ।
अधिकार जति जनतालाई सम्मान जति राजालाई भनेर २०४६ सालको अन्दोलनमा सम्झौता भयो र २०४७ सालमा संविधान बन्यो । तत्कालीन नेता मदन भण्डारीले त्यति बेला स्टेटमेन्ट जारी गर्दै सबैधानिक राजा पाल्नु भनेको सेतो हात्ती पाल्नु जस्तै भएको भन्दै निकै खर्चिलो हुने बताएको थिए ।
जुन दिन जनताको अधिकार माथि कु दृष्टि लगाउन सुरु हुन्छ त्यही दिन गणतन्त्र सुरु हुने भन्दै त्यही मनसाय राखेर आँखा चम्काई बक्सियोस् हात नलम्काई बक्सियोस् भन्दै चुनाव लड्ने भए श्रीपेच खोलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ भन्दै चुनौती दिएको उनले बताए।
गद्दीका स्वाभाविक अधिकार नभएका ज्ञानेन्द्रलाई चिट्टा परेको भन्दै जनताले राजाका विरुद्ध नारा लगाई रहेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले राजगद्दीमा लगेर राखेका ज्ञानेन्द्रले उल्टै राजनीतिक दलहरू नजरबन्द राख्ने दलहरूप्रति प्रतिबन्ध लगाउने गलत हर्कत गरेर पटक पटक गल्ती गरेका उनका भनाई छ ।
आज राजा नहुँदा त पत्रकारलाई जिउँदै जलाउने, डिपार्टमेन्ट फुटाउने घरमा आगो लगाउने राजावादी प्रवृत्तिलाई नेपाली जनताले बहिस्कार गरिसकेकाले किमार्थ गणतन्त्र उल्टिन नसक्ने उनको तर्क छ ।
राजाको शासनमा गणतन्त्र माग्दा गोली उपहार पाउँथ्यौ अहिले गणतन्त्रमा संसद्को रोस्टमा बसेर अधिकार माग्नु भएको छ त्यही फरक भएकाले पनि नेपाली जनताको गणतन्त्रमा कु चेष्टा नगर्न पनि राजाबादीहरुलाई उपमहासचिव ज्ञवालीले आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १६:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...
आषाढ़ ८ गते, २०८३ - १५:५३
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...
आषाढ़ ८ गते, २०८३ - १५:४२
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...
आषाढ़ ८ गते, २०८३ - १४:४५
तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३...
आषाढ़ ८ गते, २०८३ - १४:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित तालिकाभन्दा एक दिन लम्बिन सक्ने भएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला प...
आषाढ़ ८ गते, २०८३ - १४:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महाधिवेशनस्थलमा सञ्च...
आषाढ़ ८ गते, २०८३ - १३:५०
दाङ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार...
आषाढ़ ८ गते, २०८३ - १३:३१
चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। प्रहरीका अनुसार ...



प्रतिकृया लेख्नुहोस्: