सुलीकोट। गोरखा सदरमुकामदेखि आरुघाट जोड्ने सडक पूर्ण रुपमा बन्द भएको छ । गोरखा नगरपालिका–८ स्थित ढुङ्गागाढेमा आइतबार आएको भिषण वर्षाले पुरै सडक भासिदा सडक पूर्ण रुपमा बन्द भएको हो ।
गोरखा सदरमुकामबाट, शहिद लखन गाउँपालिकाको मनकामना, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका पुग्ने सवारीसधानहरु पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिए।
'उक्त सडक भासिएर खुलाउने बाटो कतै पनि नभएपछि वैकल्पिक रुपमा डाईभर्सनको व्यवस्था गर्न सकिने अवस्था छैनू, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, 'जिल्ला प्रशासन कार्यालय गोरखाले समबन्धित निकायलाई निर्देशन दिईसकेकाले छिटो बन्ने अपेक्षा गरिएको छ ।'
गोरखाको मुख्य सडक भएकाले जिल्ला प्रशासन कार्यालय गोरखाको अगुवाईमा जिल्लामा भएका जनप्रतिनिधी तथा विकासे कार्यालयका प्रमुखहरुसँगको छलफलबाट जति सक्दो चाँडै बाटो खुलाएर सवारीसाधनलाई आवतजावतमा सहज बनाइने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
अत्यधिक मात्रामा परेको अविरल वर्षाले सडक नै भासिएर जाँदा ठुला चारपाङ्ग्रे सवारीसाधनहरुलाई पूर्ण रुपमा रोक लगाई सकेको साथै दुई पाङ्ग्रे सवारीसाधनलाई जोखिम मोलेर यात्रा नगर्न गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले आग्रह गरे ।
सोमबार जिल्ला प्रशासन कार्यालय गोरखाले एक सुचना जारी गर्दै सडक पूर्णरुपमा नबन्दा सम्म लागि सवारी आवतजावतमा पूर्ण रुपमा बन्द गरिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षारित गरेको विज्ञप्तीमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: