लेखनाथ। गण्डकी प्रदेशका यातायात व्यवसायीलाई वार्तामा आउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आह्वान गरेको छ । सरकारले राइड सेयरिङ नियमावली २०८२ जारी गरेपछि आन्दोलित व्यवसायीलाई मन्त्रालयका सचिव कमलकुमार अधिकारीले आइतबार पत्रकार सम्मेलन गरी वार्तामा आउन आह्वान गरेका हो ।
यातायात व्यवसायी भने नियमावली खारेज नभएसम्म वार्तामा नबस्ने अडानमा छन् । गण्डकी प्रदेश सरकारले यही जेठ १ मा राइड सेयरिङ नियमावली जारी गरेको थियो । व्यवसायीले शुक्रबारदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरेका छन् ।
सोमबारबाट देशैभरका सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीको तयारी छ । नियमावलीको विरोधस्वरूप व्यवसायीले जेठ ८ मा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयले जेठ १३ मा वार्ता समिति गठन गरी वार्तामा आउन आग्रह गरे पनि व्यवसायीले नियमावली खारेज हुनुपर्ने पूर्वशर्त राखेका छन्।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सचिव कमलकुमार अधिकारीको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । अधिकारीले नियमावली खारेज नहुने तर व्यवसायीका मागबारे छलफल हुने बताउनुभयो । “अब नियमावली खारेज हुने कुरा हुँदैन । नियमावलीका व्यवस्थाबारे छलफल र व्यवसायीका माग सम्बोधन गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
यता, सार्वजनिक यातायात बचाउँ सङ्घर्ष समितिका संयोजक केदारप्रसाद पौडेलले आफूहरु वार्ता र राइड सेयरिङ विरोधी नभएको जनाउँदै एउटै मागदण्ड लागू गर्न आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “एउटै व्यवसाय गर्ने हामी र राइड सेयरिङलाई फरक प्रावधान हुनु भएन नि । कि हामीलाई पनि रातो प्लेट बनाउन दिनुपर्यो ।”
यातायात व्यवसायीको आन्दोलनले यात्रुहरु भने मर्कामा परेका छन् । आइतबारबाट व्यवसायीले पर्यटक बसमा समेत नेपाली यात्रुलाई चढ्न दिएका छैनन्। आइतबार २५ वटा गाडी एस्कर्टिङ गरी पोखराबाट चितवन र काठमाडौं पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १३:५६
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरे...
आषाढ़ १९ गते, २०८३ - १३:४०
काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मायादेवी गाउँपालिका–७ रतनपुर निवासी ३२ वर्षीय रमेश यादवको बिह...
आषाढ़ १९ गते, २०८३ - १३:१३
युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले र...
आषाढ़ १९ गते, २०८३ - १२:५३
बेरुत। युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिका अध्यनरत रहेका लेबनानका विद्यालय आगामी सेप्टेम्बरसम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर...
आषाढ़ १९ गते, २०८३ - १२:०१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ । कामपा वाताव...
आषाढ़ १९ गते, २०८३ - ११:५३
काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...
आषाढ़ १९ गते, २०८३ - ११:३५
क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...
आषाढ़ १९ गते, २०८३ - ११:२७
मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
आषाढ़ १९ गते, २०८३ - ११:१२
काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...
आषाढ़ १९ गते, २०८३ - १०:५२
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...



प्रतिकृया लेख्नुहोस्: