Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

गैँडाकोटमा मोटरसाइकल र बोलेरो ठोक्किँएर दुई जना घाइते, एक गम्भीर

खबरडबली संवाददाता

नवलपुर। नवलपुरको गैँडाकोटमा मोटरसाइकाल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका–२ भृकुटीचोकस्थित पूर्व–पश्चिम राजमागमा कांग्रेस चोकबाट चितवन तर्फ जाँदै गरेको लु ३ च ८४७७ नम्बरको बोलेरोलाई सोही दिशातर्फ जाँदै गरेको ना ६३ प २२६१ नम्बरको मोटर साइकलले ओभरट्याक गर्ने क्रममा विपरित दिसामा गुडिरहेको ना १ ज ४३४२ नम्बरको म्याजिक भ्यानमा ठोक्किँएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटर साइकल चालक पर्साको बहुदरमाई गाउँपालिका–८ का ३० वर्षीय उमाशंकरकुमार पण्डित र  मोटर साइकलको पछाडि बसेका नवलपुर हुप्सीकोट गाउँ पालिका–३ का ३० वर्षीय सागर पाण्डे घाइते भएको छन् । 

घाइते दुबैको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनका अनुसार पाण्डेको अवस्था गम्भीर रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहर सुन्दर बनाउन काठमाडौँ महानगरले सडक किनारामा गमलामा फूल रोप्दै

काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...

करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...

अस्पतालबाट फरार थुनुवा भारततर्फ भाग्दै गर्दा पक्राउ

धनगढी। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ । भारततर्फ भागिर...

काठेखोलाको केन्द्रदेखि रेश जाने सडक पाँच वर्षपछि कालोपत्र

बागलुङ । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा सम्प...

बागमती प्रदेशमा सार्वजनिक यातायातको नयाँ भाडा दर लागू, कहाँ कति बढ्यो ?

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर समायोजन गरेको छ। शुक्रबार प्रदेशको श्रम, रोजगार तथा यातायात म...

इस्टर अवसरमा रुस–युक्रेनबिच अस्थायी युद्धविराम सुरु

किएभ। चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबिच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ ।...

आकाशे पानीकै भरमा बदेडाबासीको हिउँदे खेती

बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–१० का बदेडाबासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्। उनीहरूका लागि प्रशस्...

गण्डक विद्युत् उत्पादन १५ बाट ३ मेगावाटमा झर्‍यो

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन क्षमतामा भारी गिरावट आएपछि यसको सुधारका लागि सरकारको ध्यानाकर्षण ग...

बागमती प्रदेशमा सार्वजनिक यातायात बढाउन सिफारिस, कम्तीमा २५.९६ प्रतिशत वृद्धि हुने

काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...

सुनसरीमा हुन्डी आशङ्कामा दुई जना पक्राउ, ६ लाखभन्दा बढी नगद बरामद

इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending