काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन समिति नबनेसम्म आन्दोलन जारी राख्ने बताएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएको हो ।
उनले जिम्मेवारी राजनीतिक पार्टीको हिसाबमा बिहीबार संवैधानिक दायित्व महशुस गरेर संसदमा बजेट प्रस्तुत गर्न दिएको जिकिर गरे। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मुद्दाहरूमा आफूहरूले अडिग रहेको बताए।
रास्वपाका प्रमुख सचेतक परियारले आफूहरूको मुद्दालाई सम्बोधन गरेपछि मात्रै सदन अगाडि बढ्ने जिकिर गर्नुभयो । उनले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरू प्राप्त भएको बताउँदै ती विषयलाई सदनमा जानकारी गराउने समेत बताए ।
उनले भने, “हिजो हामीले संवैधानिक दायित्व महशुस गरेर जिम्मेवारी राजनीतिक पार्टीको हिसाबमा त्यो बोध गरेर हामीले बजेट जेठ १५ गते ल्याउने संवैधानिक व्यवस्था हो, तदनुरूपको लागि हो । अन्य कुरामा रास्वपा लगायतका अन्य प्रतिपक्षी दलहरू आन्दोलनमा छौँ । हाम्रो आन्दोलनका मुद्दाहरूको सम्बोधन हुनुपर्यो । अनि मात्रै सदन अगाडि जान्छ । अनि मात्रै अरू कामहरू हुन्छ । हामीलाई पछिल्लो समय केही नयाँ सूचनाहरू, घटनासँग सम्बन्धित कुराहरू आएका छन् । त्यो कुराहरू पनि हामी सदनमा जानकारी गराउँछौँ । हाम्रो आन्दोलन जारी राख्छौँ । राजीनामा, जवाफ चाहियो, छानविन समिति बन्नुपर्यो ।”
भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै उहाँको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - ११:४७
काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...
चैत्र २८ गते, २०८२ - ११:३४
सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...
चैत्र २८ गते, २०८२ - ११:२९
धनगढी। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ । भारततर्फ भागिर...
चैत्र २८ गते, २०८२ - ११:१५
बागलुङ । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा सम्प...
चैत्र २८ गते, २०८२ - ११:०६
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर समायोजन गरेको छ। शुक्रबार प्रदेशको श्रम, रोजगार तथा यातायात म...
चैत्र २८ गते, २०८२ - १०:५०
किएभ। चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबिच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ ।...
चैत्र २८ गते, २०८२ - १०:३३
बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–१० का बदेडाबासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्। उनीहरूका लागि प्रशस्...
चैत्र २८ गते, २०८२ - १०:२०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन क्षमतामा भारी गिरावट आएपछि यसको सुधारका लागि सरकारको ध्यानाकर्षण ग...
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...


प्रतिकृया लेख्नुहोस्: